menu

ताजा समाचार

फ्रान्सेली माओवादी पार्टीका नेता पेरेको निधन

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर फ्रान्समा सन् साठीको दशकमा त्यहाँको रुसी सामाजिक साम्राज्यवादपरस्त कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर मजदुर र बौद्धिक क्षेत्रसम्बद्ध युवाहरूको ठूलो जमात माओ र ‘महान बहस’ का पक्षमा उभियो । यसै क्रममा उनीहरूले “गाउचे प्रोलटरिने” नाममा माओवादी पार्टीको गठन गरे । उनीहरूलाई त्यतिबेर नाम चलेका बुद्धिजीवीहरू सात्र, सिमोन द बुआ, मिचेल फुकोको साथ थियो । यसै क्रममा सन् १९६८ मा मे दिवसका दिन मजुदुर, विद्यार्थी, बुद्धिजीवी र आम जनता राता झण्डाका साथ सडकमा निस्केको  थिए ।  त्यो जुलुस र जनसभालाई फ्रान्सको  इतिहासकै सबैभन्दा ठूलो जनसभाका रूपमा लिइने गरिन्छ ।

विभिन्न कारणबस फ्रान्सको त्यतिबेरको माओवादी आन्दोलन लामो अवधिसम्म टिक्न सकेन । कतिपय “उत्तरवादी” धारणाको पक्षमा लागे भने कतिपय “पहिचानवादी” राजनीतितिर लागे । तर कतिपय कमरेडहरूले पार्टीलाई नयाँ किसिमले सङ्गठित गर्ने प्रयास जारिराखे । यस्तै गाउचे प्रोलटरिनेकालदेखि निरन्तर लागेर र पछि “माओवादी पार्टी, फ्रान्स” गठन गर्न महत्वपूर्ण भूमिका खेल्ने कामरेड हुनुहुन्थ्यो कमरेड पेरे । वहाँ सन् १९६८ को पेरिस जनसभाको सहभागी हुनुहुन्थ्यो ।

माओवादी पार्टीको नेतृत्त्व तहमा रहनुभएको ८१ वर्षीय कमरेड पेरेको यही डेसेम्बर २ का दिन एउटा दुर्घटनामा परेर मृत्यु भएको छ । भारतमा चलिरहेको जनयुद्धको समर्थनमा युरोपमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका खेलिरहनुभएको कमरेड पेरे क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माण अभियानको पनि सक्रिय सदस्य हुनुहुन्थ्यो । थुप्रै अन्तर्राष्ट्रिय सभा र गोष्ठीमा उहाँको सहभागिता थियो ।

वहाँको निधनमा माओवादी पार्टी, फ्रान्सले  वक्तव्य निकाल्दै भनेको छ :

 “कमरेड पेरेको निधनले हाम्रो पार्टीलाई मात्र होइन, वहाँको व्यक्तित्वको अन्तर्राष्ट्रिय आयामका कारण सिङ्गो अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनमा घाटा पुगेको छ । कमरेड पेरेलाई सदैव जनताको सङ्घर्षका बीच रहने कमरेडका रूपमा उत्पीडित जनताले सम्झिनेछन् । जस्तोसुकै अप्ठ्यारो परे पनि वहाँले क्रान्तिकारी क्याम्प कहिल्यै छोड्नु भएन । वहाँले हाम्रो साथ छाडे पनि नयाँ पुस्ता वहाँले देखाएको बाटोमा अघि बढ्न प्रतिबद्ध छ । हाम्रो वर्गको माओवादी नेता सदैव हाम्रो साथ रहनुहुनेछ । ”

फ्रान्समा माओवादी आन्दोलनलाई पुनर्गठन गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको र विश्वका माओवादी क्रान्तिकारीहरू कसरी एउटै छातामुनि गोलबद्ध हुने भनेर यताका दिनमा भएका प्रयासहरूको एउटा सक्रिय सदस्य कमरेड पेरेको निधन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका दृष्टिले निकै दुखद सन्दर्भ हो ।  हामी पनि वहाँप्रति क्रान्तिकारी लाल सलामा प्रकट गर्दै माओवादी पार्टी, फ्रान्सप्रति ऐक्यबद्धता जनाउँछौँ  : “ विश्व सर्वहारा क्रान्ति : जिन्दावाद !"

भिडियो फिचरview all