menu

ताजा समाचार

जताततै जनसेनाका ब्यानर र पोस्टर

सन् २०२२ सम्ममा भारतबाट माओवादी आन्दोलन समाप्त पार्ने भनेर भारतीय हिन्दू  फासिवादी सत्ताधारीहरूले घोषणा गरेका छन् र यसका लागि अमेरिकी-इजराइली सैन्य प्रशिक्षण तथा अन्य प्राविधिक  सहयोगका साथ “अपरेसन ग्रिन हन्ट” को तेस्रो चरण कार्यान्वयन गरिरहेका रहेछन् । यसका लागि उनीहरूले आर्थिक प्रलोभन, प्रचारआतङ्क र मनोवैज्ञानिक उपाय लगायत “अलआउट” नाम दिएर अदिवासी तथा माओवादीहरूको पकड रहेको क्षेत्रमा सैन्य दमन अभियान चलाइरहेका छन् ।

दमन र आतङ्कका बचि पनि भाकपा (माओवादी)  ले आज डिसेम्बर २ तारिखदेखि “जनमुक्ति छापामार सेना दिवस ” मनाउने निर्णय गरेको छ । सो क्रममा पहिले अस्थायी क्याम्पहरू बनाइन्थ्यो भने, यसपल्ट माओवादीको विशेष क्षेत्र “आन्ध्र-ओडिसा बोर्डर” स्थित गत साल निकै ठूलो दुर्घटना भएको स्थल मलकानगिरीमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले दुस्मनलाई चुनौती दिँदै “जनमुक्ति छापामार सेना दिवस ” का सन्दर्भमा क्याम्प निर्माण गरेको छ  र यो क्याम्प अहिले भारतीय सञ्चारमाध्यमहरूमा निकै चर्चाको विषय भएको छ ।भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सन् २००४ पछि हरेक वर्ष डिसेम्बर २ देखि ८ सम्म जनसेना सप्ताह मनाउने गरेको छ  ।

आआफ्नो क्षेत्रको विशेषताअनुसार पार्टी पङ्क्तिलाई सुरक्षित राख्दै केन्द्रीकृत र विकेन्द्रित दुवै किसिमले “जनमुक्ति छापामार सेना दिवस ” मनाउने निर्णय गरेअनुसार माओवादी कार्यकर्ताले विशेष गरेर आन्ध्र-ओडिसा क्षेत्रमा स्थानीय भाषामा पर्चा छर्ने, पोस्टर तथा ब्क्यानर टाङ्ने कामलाई  तीव्र बनाएका छन् । ती पोस्टर र पर्चाहरूमा सरकार आदिवासीमाथि दमन गरेर विदेशी शक्तिलाई खुसी पारिहेको छ, आदिवासीको हत्या गरेर लोकतन्त्रको माला जपिरहेको छ भनिएको छ र जनतामाथि लादिएको युद्ध ‘अपरेसन ग्रिन हन्ट’ का विरुद्ध सङ्गठित प्रतिरोध गर्न र जनमुक्ति छापामार सेनाको अभियानलाई सहयोग गर्न आह्वान गरिएको छ ।

जताततै टाँसिएका पोस्टर र  ब्यानरले एकातिर भारतीय फासिवादी सत्ताधारीहरूलाई बेचैन गराएको छ भने अर्कोतिर माओवादीहरू कमजोर भए, शक्ति क्षिण भयो भनेर हल्ला गरिरहेको बेला भाकपा (माओवादी) ले स्थायी क्याम्प बनाएर सार्वजनिक रूपमै चुनौती दिएको छ ।
भिडियो फिचरview all