menu

ताजा समाचार

माओवादी छापामारको एम्बुसमा परी १ जनाको मृत्यु, २ जना मरणासन्न

भारत महाराष्ट्रको गाडचिरोली जिल्लाको तलवारघर भन्ने स्थानमा  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परेर पारा मिलिट्री फोर्सका १ जना सदस्यको मृत्यु भएको तथा २ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । माओवादी छापामार विरुद्ध अपरेसनमा गएको सो टोलीमा पारा मिलिट्री र सिआरपिफका जवान तथा अफिसरहरू थिए ।  हिजो राती भएको सो घटनालाई आज मात्र बाहिर ल्याइएको हो ।

माओवादी क्षेत्रमा आत्महत्या गर्ने प्रहरी फोर्सको सङ्ख्या बढ्यो

भारतको माओवादी क्षेत्रमा प्रहरी तथा सिआरपिफका अधिकारी तथा जवानहरू जान नचाहने र त्यहाँ जानेहरूलाई विशेष भत्ता र सुविधा सरकारले दिने गरेको छ । तर त्यहाँ तैनाथ भएका जवानहरू घर गएपछि नफर्कने गरेका कारण गम्भीर बिरामी अथवा भिडन्तमा घाइते भएपछि मात्रै त्यहाँबाट अन्यत्र सरुवा हुने भएकाले धेरै जवानहरूमा डिप्रेसन लगायत अन्य समस्या हुने गरेकाले धेरैले आत्महत्या गर्ने गरेको समाचार पनि भारतीय पत्रपत्रिकाले प्रकाशित गरेका छन् । छत्तिसगढमा २०१७ मा मात्रै ३६ जनाले आत्महत्या गरेका छन् र यो सङ्ख्या एक दशक यताकै सबैभन्दा ठूलो सङ्ख्या हो । यसरी आत्महत्या गर्नेमा बढी सिआरपिफका जवानहरू छन् ।

समाचारअनुसाचर घरमा बाअमा बिरामी हुँदा र भाइबहिनीको बिहे हुँदासमेत बिदा नदिने र बिहापछि लगत्तै छाडेर आएकी श्रीमतीलाई समेत वर्ष दिन बित्ता  पनि भेट गर्न नपाउने स्थिति भएपछि  डिप्रेसन र होमसिक्नेसका कारण उनीहरूले आतमहत्या गर्नेगरेका हुन् । कामको  चाप, माथिका अफिसरको हेपाइ आदि पनि कारण रहने गरेको भए  पनि मूल कारण लामो अवधिसम्म घरपरिवारबाट टाढा रहनु नै बढी आत्महत्या हुने गरेको कुरा समाचारमाम उल्लेख गरिएको छ । “छत्तिसगढ नक्सल अपरेसन विङका प्रमुखले यो अहिले निकै ठूलो समस्या भएको” भनेका छन् भनी हिन्दुस्तान टाइम्सले समाचारमा उल्लेख गरेको छ ।



भिडियो फिचरview all