menu

ताजा समाचार

टिप्पणी : 'चुनाव उपयोग' गर्ने कमरेडहरूप्रति

अरूले चुनाव जित्नका लागि गर्न सकिने जति सबै गरेको देखियो l  कतिपयले बाहिर चाहिं के के ''ठूलाठूला" नारा भित्रभित्रै  २०७० सालको दोस्रो संबिधान सभाको ''बहिष्कार'  को अनुभव पनि दोहोर्याए भन्ने सुनियो l नेकपा (क्रान्तिकारी माओवादी) ले ''अज्ञात समूह'' को जस्तो रहस्यमूलक किसिमले नभएर राजनीतिक-वैचारिक चेतनामूलक अभियानका  रूपमा  यो संसदीय निर्वाचन बहिष्कार गरेको भए 'जनमेल' साथमा हुन्थ्यो l यो संसदीय व्यवस्थाको केन्द्रीय निर्वाचनमा  भाग लिनु ठीक थिएन l गलत निर्णय गरेकै  हो l पहिलो कुरा यो हो l
 
सरसरती हेर्दा , पार्टीको नीतिअनुसार कमरेडहरू खटेको देखियो-इमान्दारीपूर्वक  l पार्टीको सिपाहीले गर्ने काम यही नै हो- हिनत्त्वबोध नगरी खट्ने l कमरेडरूमध्ये चुनाव त कसैले जित्ने स्थिति छ जस्तो लाग्दैन, तर यो भोट कसैलाई हराउन चाहिं काम लाग्न सक्छ भन्ने लाग्छ l यो हो दोस्रो कुरा l

प्रतिक्रियावादी कित्ताभित्र पनि प्रधान र गौण हुन्छन् l जनहितका लागि कहिलेकाहीं प्रधान दुस्मनका विरुद्ध गौण दुस्मनसित हात मिलाउनु पनि पर्ने हुन्छ  l चुनावका माध्यमबाट लुट्न त सबैले यही मुलुकलाई लुट्ने हुन्, लुटेका छन्  l तर कांग्रेसले जसरी यो मुलुकलाई आर्थिक  र राजनीतिक क्षेत्रमा परनिर्भर र जर्जर बनाएको छ , यसको परिपूर्ति गर्न निकै ठूलो बलिदान र निकै लामो समय लाग्ने छ l नयाँ जनवादी क्रन्तिबाहेक अन्य उपायले हुनेवाला छैन l तेस्रो कुरा यो हो l
 
क्रान्तिकारी उपयोगको तपाईंहरूको यो अनुभव नयाँ क्रमभङ्गका लागि ऊर्जा र अभियान बनोस् l चुनावबाट जनताको सत्ता स्थापित भएको कतै पाइएको छैन, इतिहास छैन l बरू सरकारमा पुग्दा मात्रै पनि इन्डोनेसिया र चिली भोगेको छ -विश्व कम्म्युनिस्ट आन्दोलनले l चुनाव घुम्ती मात्रै बनोस्, चौतारी पनि होइन, थुप्रै चौतारीमा पसिना ओभाउने  नाममा त्यहीं बास बसेका  छन् र माथि जान सकिंदैन भनेर ओरालो झरेका छन्  l क्रान्तिकारी पार्टीभित्रका युवा कमरेडहरूले  आफ्नो अध्यन-चिन्तनलाई खार्दै नयाँ अभियानका लागि आफूलाई तयार पार्नु पर्छ l देवकोटाले भनेथे : ''नलडी हुन्न कोही विजेता, शान्ति भनेको उग्राइलाई l" अघाएर उग्राएकाहरूका लागि हो कथित शान्ति l भोकाहरूका लागि त लडाइं नै हो l अन्तिम र महत्त्वपूर्ण कुरा यही हो l

शुभकामना !

भिडियो फिचरview all