menu

ताजा समाचार

साहित्यकार खेम थपलियाको गिरफ्तारीप्रति सर्वत्र निन्दा : नेपाल तथा भारतका लेखकहरूबाट अविलम्ब रिहाइको माग

मार्क्सवादी लेखकका रूपमा स्थापित खेम थपलियालाई “जिल्ला प्रशासनको आदेश” भन्दै बागबजार स्थित प्रगतिशील लेखक सङ्घको कार्यालय परिसरबाट  हिजो मंग्सिर १ गतेका दिन प्रहरीले पक्राउ गरेका छन् । उहाँसँगै साहित्यकार बैरागी जेठा तथा अच्युत अधिकारीसमेतलाई पक्राउ गरिएको र दुई घण्टापछि प्रलेसका महासचिव आरएम डङ्गोलको पहलमा अरूलाई रिहाइ गरे पनि  खेम थपलियालाई भने हिरासतमै राखिएको छ ।

के-कति कारणले थपलियालाई पक्राउ गरिएको भन्ने कुराको विस्तृत जानकारी प्राप्त नभए पनि वैचारिक रूपबाट नेकपा-विप्लव समूहको राजनीतिको नजिक रहेको ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को वहाँ महासचिव रहनुभएको र हालै सो सांस्कृतिक मोर्चाले चुनाव खारेज गर्न  आह्वान गरेकाले चुनाव खारेजीको कार्यक्रमसित जोडेर वहाँलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।  
दुई दशकभन्दा बढी साहित्य लेखन तथा पत्रिकारितामा क्रियाशील खेम थपलिया  प्रगतिशील लेखक सङ्घको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घको साधारण सदस्य समेत रहनुभएको थपलियाका  नाटक  तथा समालोचनाका क्षेत्रमा डेढ दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् ।

यसैबीच नेपाल तथा भारतका प्रगतिशील लेखक तथा पत्रकारहरूले  वहाँको गिरफ्तारीप्रति निन्दा तथा भ्रत्र्सना गर्दै अविलम्बत्र रिहाइको माग गरेका छन् ।

साहित्यकार डा. ऋषिराज बराल, रोशन जनकपुरी, मातृका पोख्रेल, डा. कपिल लामिछाने, रामदेव पाण्डे, लक्ष्मी माली विष्णु भण्डारी, पूर्ण इन्फादा, नारायण नेपाल, रोहित दाहाल, खोमा तरामु मगर, अग्निराज पौडल तथा पत्रकारहरू केदार गौतम, बलराम थापा, विनोद दाहाल, यादव देवकोटा, नरेन्द्रजङ पिटर, केशव सिलवाल लगायतले सामाजिक सञ्जालमार्फत वहाँको अविलम्ब रिहाइको माग गरेका छन् ।त्यसै गरी प्राध्यापक तथा बुद्धिजीवीहरू रघु घिमिरे, सबिता बराल र मोहन खतिवडाले पनि उहाँको गिरफ्तारीको बिरोध गर्दै रिहाइको माह गरेका छन् ।

भिडियो फिचरview all