menu

ताजा समाचार

माओवादी छापामारको ल्यान्डमाइनमा परेर सिआरपिफका ७ जनाको स्थिति गम्भीर

हिजो बिहिबार भारतको झारखण्ड, बिहार र छत्तिसगढ राज्यको सीमास्थित बुढा पहार भन्ने ठाउँमा माओवादीले  विछ्याएको ल्यान्डमाइनमा परेर माओवादी सर्च अपरेसनमा गएर फर्केको सिआरपिएफसहित स्थानीय प्रहरीको टोलीका ७ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय माध्यमहरूले जनाएका छन् । बुढा पहार माओवादीको आधार क्षेत्र मानिन्छ । प्रहरीको टोली ल्यान्ड माइनमा परेपछि माओवादीका तर्फबाट फायरिङ गरिएकाले घाइतेको सङ्ख्या ७ जनाभन्दा बढी हुनसक्ने र कसैको मृत्यु भएको हुनसक्ने कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
सात दिनदेखि सो क्षेत्रमा विशेष अपरेसन चलाइएको र सानातिना भिडन्त भइरहेको भए पनि यो ठूलो घटना भएको र घाइतेलाई  हेलिकप्टरबाट राँची अस्पताल लगिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
 
४ दिनअघि मात्र छत्तिसगढ राज्यको लाथेर जिल्लामा माओवादीले राखेको ल्यान्डमाइनमा परेर ४ जना सिआरपिएफका जवानहरू मरणासन्न स्थितिमा पुगेका थिए र २ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।  


भिडियो फिचरview all