menu

ताजा समाचार

अन्तर्साम्राज्यवादी षड्यन्त्रको प्रतिरोध गर्न फिलिपिन्स कम्युनिस्ट पार्टीको आह्वान

फिलिपिन्सको मनिलामा यही नोभेम्बर १२ देखि १४ अर्थात् कात्तिक २६ देखि ३० सम्म हुनलागेको एसिया प्रशान्त क्षेत्रीय  संस्था “आसियान” सम्बद्ध १८ राष्ट्रहरूका प्रमुखहरूको शिखर बैठक “इस्ट एसिया समिट” मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागितालाई लिएर फिलिपिन्स तथा फिलिपिन्सबाहिर पनि  व्यापक मात्रामा विरोध भएको छ । यसै क्रममा फिलिपिन्स कम्युनिस्ट पार्टीले एक विज्ञप्ति प्रकासित गरी “आसियान” सम्बद्ध १८ राष्ट्रहरूका प्रमुखहरूको शिखर बैठक “इस्ट एसिया समिट” एसिया-प्रसान्त क्षेत्रमा साम्राज्यवादीहरूको  षड्याँत्रतात्मक मिलोमतो हो भनेर त्यसको प्रतिरोध गर्न आव्हान गरेको छ । 

अपिलमा फिलिपिन्सको दुतेरते सरकार अमेरिकी साम्राज्यवादको सहयोगमा मुलुकमा चलिरहेको जनताको आन्दोलन दबाउन कुनै पनि किसिमको सम्झौता गर्न पछि नपर्ने हुँदा यो शिखर बैठक सारमा यो क्षेत्रका लागि खतराको संकेत हो र  साम्राज्यवादी मुलुकहरू आआफ्नो वर्चस्व कायम गर्ने प्रतिस्पर्धा मात्र हो भनिएको छ  ।

''उदारीकरणका लागि गरिएको साम्राज्यवादी षड्यन्त्रको प्रतिरोध गरौँ !'' ''साम्राज्यवादी प्रतिद्वन्द्वीता र बढ्दो  युद्ध धम्कीको प्रतिरोध गरौँ !'' शिर्षकमा प्रकाशित सो अपिलमा मा फिलिपिन्स र विश्वका जनतालाई उएसिया-प्रशान्त क्षेत्रलाई  अमेरिका, रुस, छिन् र जापानबीचको अन्तर्साम्राज्यवादी अखडा बन्न नदिन प्रतिरोधमा उत्रिन आह्वान गरिएको छ  ।

यसैबीच अमेरिकास्थित फिलिपिनोहरूको संस्था बायन, युएसएले  ''ट्रंपलाई अमेरिका पस्न नदिऔं' लागायतका पोस्टरलाई व्यापक बनौएको छ ।

भिडियो फिचरview all