menu

ताजा समाचार

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य
गत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का प्रवक्ता कमरेड जगबन्धुका तर्फबाट आधिकारिक वक्तव्य प्रकाशमा आएको छ । पहिले तेलगु भाषामा  प्रकाशित र पछि अङ्ग्रेजीमा अनुदीत सो वक्तव्यमा घटनाको  समग्र विवरण  प्रस्तुत गरिएको छ । पहिले ३९ जनाको हत्या भएको र त्यसमा  केन्द्रीय तथा राज्यस्तरका नेताहरूसमेत परेको भनिए पनि सो घटनामा २२ जना पार्टी सदस्य र ९ जना गाउंलेले सहादत प्राप्त गरेको जानकारी दिइएको छ । यसरी सहादत प्राप्त गर्नेमा २ जना राज्यस्तरका,  ३ जना जिल्लास्तरका र अरू एरिया तथा सामान्य पार्टी सदस्यहरू रहेको उल्लेख गरिएको छ ।
वक्तव्यअनुसार : जनसेनाको टोली २३ गते रामागुडा गाउँमा पुग्यो र अलि पर क्याम्प खडा गर्यो । बिहानै ६ बजे रोलकल भइरहेको समयमा पर पुलिस देखिए । समयमा गाउँलेले खबर गर्न पाएनन्, उनीहरूलाई  पहिले नै कब्जामा दुस्मनले कब्जामा राख्यो । प्रहरी आएको थाहा पाउने बित्तिकै प्रतिरोध फायरिङ गरियो । ४० मिनेटको दोहारो फायरिङपछि पहिलो घेराबन्दी तोडियो, तर त्योभन्दा धेरै सङ्ख्यामा कमाण्डो दस्ताको अर्को घेराबन्दी रहेछ । यही घेराबन्दी तोड्दा कमरेडहरूको  बढी सहादत भयो ।  त्यो घेराबन्दी तोडेर अगाडि बढ्ने क्रममा एउटा थुम्को हुँदै अघि बढ्नपर्ने थियो । तर त्यो थुम्को  पनि दुस्मनले कब्जाम लिइसकेको  रहेछ । उनीहरूले तल र माथिबाट दोहारो फायरिङ गरे र यस प्रतिरोधमा जनमुक्ति सेनाका कमरेडहरू बढी घाइते भए । फायरिङकै बीच घेरा तोडे पनि घाइते कमरेडहरूलाई उनीहरूले ठाउँको ठाउँ हत्या गरे । त्यति मात्र नभएर पक्राउ परेका आदिवासी जनतालाई समात्तै गोली ठोक्तै गरे ।
प्रवक्ता जगबन्धुका अनुसार आफूहरूभन्दा दुस्मनले पहिले पहल लिनु, दुस्मन दिउँसैदेखि पछि लागेको सूचना समयमै प्राप्त गर्न नस्कनु तथा आत्मसमर्पण गरेकाहरूको गतिविधिप्रति चनाखो नबन्नु जस्ता गल्ती भएका छन् । आफ्ना गल्ति-कमजोरीको समीक्षा गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् ।
यसबीच दुस्मनले सबैभन्दा बढी खोजि गरिएका केन्द्रीय नेता कमरेड आरकेसहित अन्य जिम्मेवार नेताहरू सुरक्षित रहेको जानकारी कवि तथा विचारक बरबरा रावले दिएका छन् । स्थितिको संवेदनशीलतालाई ध्यानमा राखी जिम्मेवारी हेरफर गर्ने क्रममा पार्टीले कमरेड भूमिकालाई 'आन्ध्र–ओडिसा स्पेसल जोनल कमिटी' को सेक्रेटरीको जिम्मेवारी दिएको र उनले अडियोमार्फत “दुस्मनको कथित इन्काउटरबाट आफूहरू अलिकति पनि विचलित नभएको र जनताको साथमा रहेकाले बदला लिएरै छाड्ने” प्रतिबद्धता जाहेर गरेको कुरा समाचारमाध्यमहरूले जनाएका छन् ।

भिडियो फिचरview all