menu

ताजा समाचार

रोशन जनकपुरीको संयोजकत्वमा अक्टोबर क्रान्ति समारोह समिति गठन

कमरेड लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिका नामले परिचित रसियाली बोल्सेविक क्रान्ति १०० वर्ष पुगेको सन्दर्भमा विश्वव्यापी अभियानकै रूपमा मनाउन लागिएको “अक्टोबर क्रान्ति शतवार्षिकी समारोह” नेपालमा पनि काठमाडौँ, जनकपुर, बुटवल लगायतका स्थानहरूमा विभिन्न कार्यक्रमका साथ मनाउने क्रम जारी छ ।

यसै क्रममा जनकपुरमा “अक्टोबर क्रान्ति शताब्दी समारोह” का साथै,मार्क्सवादी-लेनिनबादी चिन्तन प्रवृत्तिलाईअघि बढाउँदै लैजाने उद्देश्यले मार्क्सवादी विचार राख्ने व्यक्तित्वहरूको वृहत् भेलाले मार्क्सवादी लेखक तथा चिन्तक रोशन जनकपुरीको संयोजकत्वमा अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समिति निर्माण गरेको छ । समारोह समितिका अन्य सदस्यहरूमा गौतम ढुङ्गेल, शीतल कर्ण, रेमन्त मरबैता, रामसोभित यादव, सुमित कर्ण, मदन कुमार अधिकारी, विपती मण्डल, शम्भुप्रसाद यादव , सरिता भण्डारी, उमेशकुमार यादव रहनुभएको र सो समितिको सल्लाहकार समितिमा डा. सुरेन्द्र लाभ, डा. भोगेन्द्र झा, वीरेन्द्र साह, र अधिवक्ता किशोरी साह रहनुभएको कुरा पनि तहाँबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

भेलाले  यही कात्तिक २३ गते (९ नोवेम्बर)  का दिन जनकपुरको पत्रकार महासङ्घको सभाकक्षामा अक्ठोबर क्रान्ति शतवार्षिकी समारोह मनाउने निर्णय गरेको  छ। साथै  अक्टोबर क्रान्ति र मार्क्सवादी-लेनिनवादी विचारको महत्वको प्रचारप्रसारका लागि  लेखक रोशन जनकपुरीको संयोजकत्वमा निर्मित सोही समितिले वर्षभरि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको कुरा पनि समाचारमा उल्लेख छ । यो समितिलाई मार्क्सवादी बुद्धिजीवीहरूको साझा मंचको रूपमा विकास गर्नुपर्ने धारणा  भेलामा छलफलको  विषय बनेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ  ।




भिडियो फिचरview all