menu

ताजा समाचार

नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा अघि बढौँ : माओवादी पार्टी, इटाली

रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो पार्टीको हैसियत र मुलुकको स्थितिअनुसार २५ अक्टोबरदेखि ७ नोभेम्बरसम्मका लागि विभिन्न कार्यक्रमहरू तय गरेअनुसार बिबिध कार्यक्रमहरू भइहेका छन् । यसक्रममा कतै जनसभा, कतै गोष्ठी र कसैले वक्तव्य प्रकाशित गरेर अक्टोबर क्रान्तिको महत्व र वर्तमानमा क्रान्तिकारीहरूले गर्नुपर्ने दायित्वका बारेमा प्रकाश पार्ने काम निरन्तर रूपमा भइरहेका छन् ।

यसैक्रममा माओवादी पार्टी इटालीले “अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरलाई क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा लगाऔँ” भन्ने नाराका साथ वक्तव्य प्रकाशित गरेको छ । पोस्टरसहित प्रकाशित वक्तव्यमा भनिएको छ :

“अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनु भनेको सर्वहारा वर्गले राज्यसत्ता प्राप्तिका लागि घरेलु प्रतिक्रियावाद र सामज्यवादविरुद्ध विजय प्राप्त गरेको सन्दर्भलाई सम्झिनु हो । अक्टोबर क्रान्ति इतिहास मात्र होइन, बर्तमान पनि हो । संशोधनवादको जगजगीको वर्तमान अवस्थामा लेनिन र अक्टोबर क्रान्तिको महत्व झन् बढेको छ ।

अक्टोबर क्रान्तिको कुरा गर्दा महान् लेनिनलाई मात्र नभएर र स्टालिन र माओलाई पनि सम्झिनुपर्ने हुन्छ । कतिपयहरू लेनिन र अक्टोबर क्रान्तिको कुरा गर्छन्, तर त्यो विराशतलाई अघि बढाउने स्टालिन र माओको विरोध गर्छन्  । जो यसो गछंन्, वास्तवमा ती क्रान्तिकारी नभएर संशोधनवादी हन् ।”


वक्तव्यमा अगाडि भनिएको छ :
“लेनिनले आरम्भ गरेको समाजवादलाई अघि बढाउन स्टालिनले खेलेको भूमोका र स्टालिनको मृत्युपछि रूसी नव-संशोधनवाद लगायत सबैखाले संशोधनवादका विरुद्ध सङ्घर्ष गर्दै  समाजवादी निर्माण र मूल्यलाई अघि बढाउन माओ  र चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिले खेलेको भूमिकालाई निषेध गरेर अक्टोबर क्रान्ति मनाउनुको कुनै अर्थ छैन । अक्टोबर क्रान्तिको महत्व र भूमिकालाई लेनिनसम्म मात्र सीमित गर्नु भनेको यसको भूमिकालाई खुम्च्याउनु र विश्वसमाजवादी निर्माण अभियानमा स्टालिन र माओको भूमिकालाई  न्यूनीकरण गर्नु हो ।”

त्यसैगरी वक्तव्यको अन्त्यमा भनिएको छ :
“साम्राज्यवादी मुलुकहरूमा अक्टोबर क्रान्तिले देखाएको समाजवादको बाटोमा अघि बढौँ !”, “विश्वभरि मार्क्सवाद-लेनिनवाद-माओवादमा आधारित कम्युनिस्ट पार्टी निर्माणको अभियानमा अघि बढौँ !”,  “अक्टोबर क्रान्तिको झण्डालाई अगाडि राखेर अन्तर्राष्ट्रिय भेलाको आयोजना गरौँ र नयाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनको निर्माण गरौँ” । 

वास्तवमा, मार्क्सवाद-लेनिनवाद र यसमा भएको विकास माओवाद र वर्तमानको क्रान्तिकारी आन्दोलनको निरन्तरतासित जोडेर अक्टोबर क्रान्तिलाई बुझेमा मात्रै यसको सान्दर्भिकता र मूल्यबोध गर्न सकिन्छ । मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत मूल्यहरूका आधारमा साम्राज्यवाद र तिनका दलालहरूका साथै संशोधनवादीहरूका भ्रम विरुद्धको लडाइँलाई तीव्र पार्दै नयाँ जनवाद र समाजवादी क्रान्तिको दिशामा अघि बढ्न सके मात्रै अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ हुन्छ । 
 
यसैबीच गोन्जालोको विरासतलाई अघि बढाइरहेको पेरु कम्युनिस्ट पार्टीको आन्तरिक संयोजन र ‘पेरू  जनआन्दोल मञ्च-२०१७’ को आयोजनामा स्पेनको बार्सिलोनामा यही नोभेम्बर ३ तारिखका दिन अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरको विशेष गोष्ठी-कार्यक्रम तय गरिएको कुरा पनि माध्यमहरूले जनाएका छन् ।


भिडियो फिचरview all