menu

ताजा समाचार

ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको निर्णय

ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र उसले चलाइरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै जतिसक्तो सहयोग गर्ने निर्णय गरेका छन् । उनीहरूको बैठकले गरेको निर्णय अनुसार भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलेको जनयुद्धले विश्वका उत्पीडित जनतालाई नयाँ आशा प्रदान गरेको हुनाले भारतीय कमरेडहरूलाई सहयोग गर्नु भनेको क्रान्तिकारी आन्दोलनलाई सहयोग गर्नु हो । उनीहरूले जेलमा रहेका कमरेडहरूलाई राजनीतिक बन्दीको व्यवहार गर्न र स्वास्थ्योपचारलगायतका अधिकार प्रदान गर्न साथै जीवन रक्षाको पनि माग गरेका छन् । 'रेड फ्ल्याग कमिटी जर्मनी' सहित ल्याटिन अमेरिकाका ६ ओटा माओवादी सङ्गठनले जारी गरेको सो वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
......................................................................................................................
 ल्याटिन अमेरिकी पार्टी तथा सङ्गठनहरूको बैठकको निर्णय
यस बैठकमा उपस्थिति पार्टी तथा सङ्गठनहरू, गौरवशाली भारतीय कम्युनिस्ट पार्टी (माओवादी), यसको केन्द्रीय समिति र यसका महासचिव कमरेड गणपथी, जनमुक्ति सेनाका छापामार योद्धाहरू, नयाँ सत्ताका अङ्गहरू तथा भारतका आमजनता, जसले जनयुद्धलाई उच्चता प्रदान गर्दै वीरत्वपूर्ण सङ्घर्षलाई  अगाडि बढाएर विश्वका जनता तथा अन्तर्राष्ट्रिय सर्वहाराका लागि आशाको दियो बनेका छन्, उनीहरूप्रति न्यानो अभिवादन प्रकट गर्दछौँ ।  

भारतमा चलिरहेको जनयुद्ध विश्वक्रान्तिकारी अग्रदस्ताभित्रको एउटा अतिमहत्वपूर्ण आउटपोस्ट हो, यसले विश्वसर्वहारा सङ्घर्षका लागि नयाँ शक्तिशाली गतिप्रवाहको निर्माण गरेको छ,  जुनचाहिँ माओवादको नेतृत्व र दिशाबोधमा विकसित भइरहेको छ । साम्राज्यवादी आक्रमणलाई परास्त गर्न आज यो विश्वका जनताको मुक्तिका लागि रणनीतिक उदारहरण बनेको छ । यसको विजयले विश्वव्यापी रूपमा क्रान्ति र प्रतिक्रान्तिकारी शक्तिसन्तुलनमा नै फेरबदल आउँने हुँदा सबै कम्युनिस्टहरू, क्रान्तिकारीहरू तथा समग्र प्रगतिशील शक्तिहरूले सक्तो समर्थन र सहयोग गर्नु प्रमुख कर्तव्य हुनेछ । भारतमा चलिरहेको जनयुद्धलाई थप गति प्रदान गर्न हामी हाम्रो प्रयासलाई दोब्बर–तेब्बर बनाउने छौँ र भारतका सहयोद्धा बन्धु कमरेडहरूसित काँधमा काँध मिलाएर अघि बढ्ने छौँ भन्ने सन्देश हामी ल्याटिन अमेरिकाबाट  पठाउँछौँ ।  

हामी भाकपा (माओवादी) र जनयुद्धमाथि प्रहार गर्ने साम्राज्यवाद, प्रतिक्रियावाद र सबैखाले संशोधनवादलाई जोडदार रूपमा खारेज गर्छौँ ।  खासगरेर जनताको सङ्घर्षलाई निस्तेज पार्न जनताको रगत बगाइरहेको भारतीय पुरानो प्रतिक्रियावादी सत्ताको हामी घोर भत्र्सना गर्दछौँ ।  हामी गरिब जनता, खासगरेर आदिवासी तथा किसानका साथै सहर तथा गाउँमा रहेका क्रान्तिकारी र  जनवादी शक्तिहरू, जो दृढताका साथ जनअधिकारको पक्षमा उभिएका छन्, उनीहरूमाथि  भइरहेको दमन तथा आमनरसंहारको भ्रत्र्सना गर्दछौ । हामी जेलमा रहेका हाम्रा बन्धुहरू कमरेड अजिथ लगाएतका कमरेडहरूले युद्धबन्दीको अधिकार—जीवनको अधिकार, स्वास्थ्योपचारको अधिकार पाउनुपर्छ भनेर पनि जोडदार माग गछौँ ।

भारतका कम्युनिस्टहरूले  जनयुद्धको नेतृत्व गर्दै जनवादी क्रान्तिलाई पूर्णता दिएर यसलाई बिना अवरोध समाजवादी क्रान्तिको दिशामा अघि बढाउनेछन् र सांस्कृतिक क्रान्ति चलाउँदै हामी सबै मानवजातिलाई साम्यवादको सुनौलो बाटोमा डोर्याउनेछन् भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) : जिन्दावाद
भारतमा चलिरको जनयुद्ध : जिन्दावाद
माक्र्सवाद–लेनिनवाद–माओवाद : जिन्दावाद

पार्टी तथा सङ्गठनहरू
कम्युनिस्ट पार्टी अफ ब्राजिल (रेड फ्याक्सन)
कम्युनिस्ट पार्टी अफ इक्वेडर—रेड सन
पेरू पिपुल्स मुभमेन्ट (रिअर्गनाइजेसन कमिटी)
रेड फ्याक्सन कम्युनिस्ट पार्टी अफ चिली
रिभोलुस्नरी पिपुल्स फन्ट अफ बोलिभिया, एमएलएम
माओइस्ट अर्गजाइजेसन फर दि रिकन्स्टिच्युसन अफ दि कम्युनिस्ट पार्टी अफ कोलम्बिया
 रेड फ्ल्याग कमिटी—जर्मनी
भिडियो फिचरview all