menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) को सम्मेलनमा कमरेड भूमिश्वर कडेल ‘रामप्रसाद’द्वारा जनयुद्धको कार्यदिशाको फरक मत दर्ता

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को यही असोज २२ देखि पोखरामा आरम्भ भएको प्रथम राष्ट्रिय सम्मेलन अहिलेसम्म जारी छ । प्राप्त समाचारअनुसार सहभागी प्रतिनिधिहरूबाट दस्ताबेज र विधानप्रति धारणा व्यक्त गर्ने काम सकिएको छ र प्रतिनिधिका धारणाका सम्बन्धमा कमरेड किरणको  प्रस्टीकरण आएपछि दस्ताबेज पारित गरिने छ र आजै सम्मेलन समापन हुनेछ ।

समाचारअनुसार सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई बिभिन्न समूहमा विभाजित गरेर दस्ताबेजमाथि बहसछलफल गराइएको थियो र खासगरेर कार्यदिशाका सम्बन्धमा घनीभूत बहसछलफल भएको थियो । माओवाद र जनयुद्धको बाटोलाई अवलम्बन गरेर नेपाली जनताले वर्गसङ्घर्षको गौरवशाली इतिहास निर्माण गरेको र यो निरन्तरक्रान्तिको बाटोबाट अघि बढिरेहको समयमा फेरि माओवाद र जनयुद्धको आवश्यकता र औचित्यमाथि  प्रश्न उठाएर विवाद र बहसको विषय बनाउनु भनेको पश्चगमनको यात्रा हो भन्दै माओवाद र जनयुद्धका सम्बन्धमा  नेताद्वय रामसिंह श्रीस र सिताराम तामाङका फरक मतलाई प्रतिनिधिहरूले पूणरूपमा खारेज गरिदिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।

पार्टीको नाम नेकपा (माओवादी) राख्ने र चुनावमा भाग लिने होइन, बरु वर्गसङ्घर्षलाई तीव्र बनाउनु पर्ने कुरामा प्रतिनिधिहरूको जोड  रहेको कुरा पनि समाचारमा उल्लेख गरिएको छ । त्यसैगरी छरिएर रहेका क्रान्तिकारीहरूलाई एउटै झण्डामुनि ध्रुवीकृत गर्न पार्टीले विशेष पहल गर्नुपर्ने कुरामा  सहभागीहरूले जोड दिएको कुरा पनि समाचारमा उल्लेख गरिएको छ ।
 
कार्यदिशाबारे फरक मत

प्रचण्ड-बाबुरामले जनयुद्धप्रति गद्दारी गरेपछि अब हुने क्रान्तिको कार्यभार पूरा गर्नका लागि कार्यदिशाबारे व्यापक बहसछलफल भइरहेको अवस्थामा सम्मेलनका अधिकांश सहभागीहरूले दस्ताबेजमा उल्लेख गरिएको कार्यदिशाप्रति असन्तुष्टि जाहेर गरेको र  पार्टीका वरिष्ठ नेता तथा किसान सङ्गठनका अध्यक्ष भूमिश्वर कँडेल 'रामप्रसाद' ले कमरेड किरणको दस्ताबेजमा उल्लेख भएको नेपाली क्रान्तिको कार्यदिशा ‘नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह’ प्रति विमति जनाउँदै ‘नेपाली विशिष्टतामा आधारित जनयुद्ध’को कार्यदिशा सम्बन्धी फरक मत दर्ता गराएका छन् । यो विषयले सम्मेलनमा निके चर्चा र महत्व पाएको कुरा पनि प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

‘फरकमत : दीर्घकालीन जनयुद्ध’ शीर्षकमा दर्ता गरिएको फरकमतमा भनिएको छ :

 “राजनीतिक प्रतिवेदनको ‘विशिष्ट कार्यदिशा नीति तथा कार्यक्रम’ भन्ने शीर्षकको र ‘नेपाली समाजको स्वरूप र पार्टीको आम कार्यदिशा’ भन्ने शीर्षकको १७ नम्बर बुँदामा “नेपालको विशिष्टतामा फौजी कार्यदिशा सशस्त्र जनविद्रोह हो र यसलाई अबलम्बन गनुपर्दछ, यही नै नेपाली क्रान्तिको बाटो हो” भनिएको छ, यो गलत भएको छ भन्ने मेरो ठम्याइँ र मत हो ।...नेपालको सन्दर्भमा विगतमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष र खासगरेर जनयुद्धको आधार र अनुभवमाथि ध्यान दिँदा नेपाली विशिष्टतामा आधारित जनयुद्धको फौजी कार्यदिशा लागु गरेर जानुपर्दछ ।”

नेतृत्चवमा रहेको टिमले जनयुद्धको कार्यदिशा पारित गर्ला भन्ने कुरामा विश्वासका आधारहरू प्रस्ट  छैनन् तापनि नेकपा (क्रान्तिकारी माओवादी) भित्र अझै जनयुद्धको धार बाँकिरहेको र अन्ततः यसले आयाम विस्तार गर्ने कुरामा चाहिँ विश्वास गर्न सकिन्छ ।  

भिडियो फिचरview all