menu

ताजा समाचार

क्रान्तिकारी माओवादीका अध्यक्ष किरणद्वारा क्रान्तिकारी शक्तिहरूबीच एकताका लागि आह्वान

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले असोज १८ गते एक विज्ञप्ति जारी गरी एमाले, माके तथा नयाँशक्ति बीचको गठबन्धन कम्युनिस्टहरूबीचको गठबन्धन नभएर विचारबाट पतन भइसकेका दक्षिणपन्थी प्रतिक्रियावादीहरूबीचको एकता भएकाले क्रान्तिकारीहरूले यसको तीव्र भण्डाफोर गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले यो एकतालाई देश, जनता, सच्चा कम्युनिस्ट पार्टी र सच्चा वामपन्थी विरुद्धको गठबन्धन भनेका छन् ।

वक्तव्यमा भनिएको छ :
“यो गठबन्धनलाई जसरी ‘कम्युनिस्ट गठबन्धन’, वा ‘वामपन्थी एकता’ भन्ने प्रचार गरिएको छ, त्यो विलकुल गलत हो । दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियावादी कित्तामा गैसकेका यी शक्तिहरूको एकता वास्तवमा एउटा दक्षिणपन्थी प्रतिक्रियावादी गठबन्धन बनाउने प्रयास हो । वास्तविक रूपमा यो देश, जनता, सच्चा कम्युनिस्ट पार्टी र सच्चा वामपन्थीहरूका विरुद्धको गठबन्धन हो ।”
 
वक्तव्यमा प्रतिक्रियावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिस्टहरूका बीचमा पार्टी एकता हासिल गर्नका लागि पनि आह्वान गरिएको छ ।

जस्तो वक्तव्यमा भनिएको छ :
“यसबाट सच्चा देशभक्त र प्रगतिशीलहरूका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूका बीचमा पार्टी एकताका पक्षमा ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको छ । यस स्थितिमा यो दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धनको भण्डाफोर गर्दै देशभक्त र क्रान्तिकारी शक्तिका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिस्टहरूका बीचमा पार्टी एकता हासिल गर्नका लागि हामी सम्बन्धित सबै पक्षसित जोडदार आह्वान गर्दछौँ ।”

प्रस्तुत छ  वक्तव्यको पूर्णपाठ :

भिडियो फिचरview all