menu

ताजा समाचार

कमरेड गोन्जालो र कमरेड एप्पारागुरी अझै जेलमा, कमरेड लेका २५ वर्षपछि रिहा

२५ वर्षअघि पेरूको लिमास्थिति एउटा अपार्टमेन्टबाट पक्राउ परेका पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुज्मान ‘गोन्जालो’ र उहाँकी जीवनसाथी कमरेड एप्पारागुरी अझै कारावासमा रहेको र सोही घटनासित जोडेर पक्राउ गरिएकी ब्याले तथा आधुनिक नृत्य  प्रशिक्षक मार्तिजा गारिडो लेकालाई भने २५ वर्षको जेल सजायपछि कारवासबाट रिहा गरिएको कुरा विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नृत्य प्रशिक्षक मार्तिजा गारिडो लेकालाई गोन्जालोलाई सेल्टर दिएर राज्य अपराध गरेको अभियोग लगाएर २५ वर्षको कारावास सजाय दिइएको थियो । त्यतिबेर उनी २७ वर्षकी थिइन् । मार्तिजा गारिडो लेका सम्पन्न परिवारकी भए पनि उनी माओवादी आन्दोलनप्रति प्रतिबद्ध थिइन् र उनलाई उनकी काकी स्कुलकी शिक्षिका नेली मारियोन इभान्स रिस्कोले माओवादी आन्दोलनसित जोडेकी थिइन । उनलाई पनि सन् १९९१ म पार्टीको दस्ताबेजहरूसहित लिमास्थित उनको निवासबाटै पक्राउ गरिएको थियो । 

‘साइनिङ पाथ’ नामले बढी चर्चित पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोन्जालोलाई एकपछि अर्को मुद्दा लगाउँदै आरम्भमा वकिल पनि राख्न नदिई एकतर्फी रूपमा फुजिमोरो सरकारले आजीवन कारावासको सजाय तोकेको थियो र  जीवनसाथी कमरेड एलेना अप्पागुरीलाई पनि आजीवन कारावासको सजाय तोकेको थियो ।

कमरेड गोन्जालो पक्राउ भएलगत्तै उहाँको जीवनरक्षाका लागि विश्वभारिका माओवादीहरूले सडकसङ्घर्ष लगायत विभिन्न किसिमका आन्दोलन चलाएका थिए । अहिले पनि विभिन्न कार्यक्रमसहित  रिहाइका लागि विश्वभरिका क्रान्तिकारीहरूले आवाज उठाइरहेका छन् । खासगरेर ल्याटिन अमेरिका तथा युरोपका जर्मनी, बेल्जियम लगायतका माओवादी पार्टीहरूले यसलाई लिएर विशेष अभियान नै चलाएका छन् ।  
साथै यताका दिनमा, ल्याटिन अमेरिका, क्यानडा तथा युरोपका कतिपय माओवादी पार्टीहरूले गोन्जालोले जेलबाट लेखेको भनिएको पत्रका बारेमा त्यतिबेरको विशिष्ट स्थितिको आकलन नगरी र सही विश्लेषण नगरी हतारमा निष्कर्ष निकालिएको भन्ने टिप्पणी गर्दै नयाँ बहस चलाउन पनि आह्वान गरेका छन् ।  

भिडियो फिचरview all