menu

ताजा समाचार

संसार बोल्दा नेपालका माओवादीहरू मौन

 किरण-गौरवले पनि इतिहास बिर्सिए
भारतको आन्ध्र–ओडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा यही अक्टोबर २४ तारिखका दिन माओवादी नेता–कार्यकर्ता तथा आदिवासी जनतामाथि भएको नरसंहारको घटनालाई लिएर विश्वव्यापी रूपमा विरोधका कार्यक्रमहरू निरन्तर जारी छन् । मानवअधिकारवादी संस्थाहरू, क्रान्तिकारी जनतान्त्रिक मोर्चा, राजनीतिक बन्दीहरूको रिहाइको मोर्चा, जनअधिकार मोर्चा लगायत थुप्रै मानअधिकारवादी सङ्घसंस्थाहरूले सो हत्याकाण्डको विरोध गर्दै घटनाको अधिकारसम्पन्न न्यायिक आयोग बनाएर छानविन गर्नुपर्ने, माओवादीका नेता आरकेको जीवनरक्षा  र सर्च अपरेसनका नाममा आदिवासी क्षेत्रमा लूटपाट र हत्या  बन्द गर्नुपर्ने आदि माग राखेका छन् ।  भारतीय कम्युनिस्ट पार्टी (माले) लिबरेसन, कम्युनिस्ट पार्टी (माले) न्यु डेमोक्रेसी लगायत, भारतीय कम्युनिस्ट पार्टी (CPI) समेत २१ ओटा संस्थाले सो घटनाका तीव्र निन्दा गर्दै संयुक्त वक्तव्य जारी गर्नुका साथै विरोधका कार्यक्रम गरेका छन् ।  यस क्रममा आन्ध्रमा वृहत् विरोध सभा, भुवनेश्वरमा जनसभा हुनुका साथै दिल्लीको जन्तरमन्तरमा पनि विरोधसभा भएका छन् । त्यतिमात्र नभएर जर्मनी र इटालीमा जनहत्या विरुद्ध कार्यक्रमहरू गर्नुका साथै आइएलपियस (ILPS )का अध्यक्ष जोसे मारिया सिसोनले वक्तव्यमार्फत भारतीय उत्पीडित जनताप्रति   एक्यबद्धता जाहेर गदै सो नरसंहारको तीब्र निन्दा गरेका छन् ।

विश्वका न्याप्रेमी जनसमुदाय सडकमा आउँदा,  मानवअधिारवादी संसथाहरूले नरसंहारका विरुद्ध आवाज उठाउँदा नेपालका माओवादीहरू चुँसम्म नबोल्दा नेपालको सचेत जनसम्दाय मात्र नभएर विश्व जनमानस नै अच्चममा परेको छ । 'रिम' निर्माणको कुरा गर्ने, भाइचारा सम्बन्ध बढाउन प्रयास गर्ने भनेर कार्यकर्तामा वक्तव्यबाजी गर्ने पार्टीहरू, सर्वहारावादी अन्तर्राष्ट्रितावादको महत्वमा लेख लेखेर नथाक्ने  नेताहरू आफ्नो घरवरिपरि त्यत्रो घटना हुँदा किन बोलिरहेका छैनन् भनेर यतिखेर चौतर्फी प्रश्न उठिरहेको छ ।  विरोधको एउटा वक्तव्यसमेत नआउनुले नेपालमा माओवादीहरू  समाप्त  भएका हुन् कि प्रचण्ड जस्तै नेपालका सबै माओवादीहरू भारतका  दलाल भए ? भनेर टिप्पणी गर्नु स्वाभाविक छ । संसार बोल्दा नेपालका माओवादीहरूले  देखाएको मौनता साँच्चिकै रहस्यमय छ ।

विप्लव समूहबाट यसबारे आशा गर्न नसकिए पनि लामो अवधिसम्म माओवादीहरूको अन्तर्राष्ट्रिय संघ-संस्थासित सम्बद्ध भएका नेताहरू भएको पार्टी, मालेमा, नयाँजनवाद र तीन जादुगरी हतियारको कुरा गर्ने  पार्टी नेकपा (क्रान्तिकारी मओवादी ) ले यसबारे केही बोल्नु मात्र नभएर विरोधका कार्यक्रम गर्नु आवश्यक थियो ।

स्मरण रहोस् भाकपा (माओवादी) का नेता कमरेड आरकेलाई लक्षित गरी ‘अपरेसन आरके’ नाम दिएइको सो नरसंहार  घटनामा आरम्भमा २४ जनाको हत्या भएको भनिए पनि त्यसको सङ्ख्या ३९ पगिसकेको छ  र विरोधको स्वरले नयाँ रूप लेला भनेर स्थानीय प्रशासनले सही विवरण बाहिर ल्याउन मानिरहेको छैन ।  कमरेड आरकेको जीवनरक्षाका माग गदै अदालतमा परेको रिटलाई प्रहरीले ''उनी हिरासतमा नभएको" भनेर जवाफ दिएको छ । घाइते अवस्थामा पक्राउ गरी हिरासतमा ल्याइएका  कमरेड आरके सहित ९ जना आदिवासी जनता हिरासतमा रहेको भनिए पनि सत्यतथ्य बाहिर नल्याइकाले यथार्थ विवरणबारे अझै अन्योल छ । मान्छे नचिनिउन्  भनेर कतिपयको टाउको समेत काटेर छाडिएको छ ।

यसैबीच सो नरसंहारको विरोध तथा हिरासतमा रहेका नेता कार्यकर्ताको जीवनरक्षा सुनिश्चित गर्न, सो घटनाको सही विवरण बाहिर ल्याउन र ‘अपरेसन ग्रिन हन्ट’ का नाममा आदिवासी क्षेत्रमा भएको लुटपाट, हत्या र बलात्कार बन्द गर्न दबाब दिने उद्देश्यले अन्तरराष्ट्रिय रूपमै संयुक्त पहल भइरहेको कुरा जनपक्षीय माध्यमहरूले जनाएका  छन् ।

भिडियो फिचरview all