menu

ताजा समाचार

बर्मझियामा अपराधी गिरोहको कुकृत्य

महान् सहिद रामवृक्ष यादव खास समुदाय तथा खस क्षेत्रको मात्र नेता हुन्हुन्न्थ्यो, वहाँ सिङ्गो नेपाल सारत: विश्वसर्बहारा वर्गको नेता हुनुहुन्थ्यो । २०५१  सालमा नेपाली कांग्रेसको सरकारको निर्देशनमा बर्मझियामा उहाँको हत्या गरिएको थियो । धनुषा, नेपाल मात्र, होइन, विश्वकै उत्पीडित जनताले उहाँको सम्झना गर्नु  दायित्त्व हो र गर्न पाउनु नैशर्गिक अधिकार हो । तर भाद्र २ गते नेकपाको जनकपुर ब्युरोले बर्मझियामा उहाँको स्मृतिसभा गर्न लाग्दा साम्राज्यवाद र भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरेको माओवादी केन्द्र नामको नव प्रतिक्रियावादी समूहसित सम्बद्ध अपराधीहरूले  जेजस्तो किसिमको ताण्डवनृत्य मच्चाए, जेजस्तो फासिवादी व्यवहार प्रस्तुत गरे त्यो साँच्चिकै निन्दनीय छ 'कम्युनिस्ट न्युक्लिअस, नेपाल' ले यसको निन्दा तथा भ्रत्र्सना गरिसकेको छ । यसका  सम्बन्धमा कमरेड राजु कार्कीको रिपोर्टले माके समूह कसरी अपराधी गिरोहमा फेरिएछ भन्ने जानकारी दिन्छ । यो यथार्थ बढीभन्दा बढी पाठकसम्म पुगोस् भन्ने हेतुले टिप्पणी र शीर्षकसहित  सो रिपोर्ट प्रस्तुत गरिएको छ ।

------------------------------------------------------------------------------------------------

बर्मझियामा के भएको हो ?
 राजु कार्की ( सचिब नेकपा, जनकपुर ब्युरो)

नेकपा केन्द्रीय समितिको साउन ९-१३ को बैठकले सहिद रामवृक्ष यादवको स्मृतिसभा बर्मझियामा नै गर्ने निर्णय गरेको थियो । सो २३औं स्मृतिसभाको तयारीको जिम्मा जनकपुर ब्युरोलाई दिएअनुसार हामी तयारीको जिम्मा जनकपुर ब्युरोलाई दिएअनुसार हामी तयारीमा लाग्यौं । त्यसअनुसार सिराहा, सप्तरी, सिन्धुली, सर्लाही, महोत्तरी र धनुषाबाट उपस्थितिको ठोस तयारी र जिम्मा बाँडियो । साउन १८ गते सम्पन्न जनकपुर ब्युरो बैठकले आफ्नो क्षेत्रका सबै सहिद परिवारलाई उपस्थित गराउने, सम्मान गर्ने र आउने-जाने व्यवस्था गर्ने निर्णय पनि गरेको थियो । भदौ ३ गते बर्मझियामा नै पार्टी प्रशिक्षण र चुनाव खारेजीमा गिरफ्तार भएका आस्थाका बन्दीहरूलाई अभिनन्दन गर्ने कार्यक्रम बनाइएको थियो ।

हामी रामवृक्ष यादवको स्मृतिसभाको तयारी गरिरहेको बेला तराईका अन्य भागहरू जसरी नै जनकपुरका सबैजसो जिल्लामा भीषण बाढीको विपत्ति आइलाग्यो । त्यसले धनजनको ठूलो क्षति पुर्यायो यो । डुबान समस्यको मुख्य कारण सिमानामा भारतले निर्माण गरेका बाधहरू हुन् भन्ने जनताले नबुझ्ने कुरा भएन । कतिपय स्थानमा आक्रोशित जनताले ‘विप्लव आऊ बाँध भत्काऊ’ भन्दै थिए । लगातारको वर्षाको कारण कार्यक्रम स्थल परिवर्तन गनुपर्छ कि भन्ने लाग्दै थियो, तर वर्षा रोकिंदै गएकोले हामीले पूर्व तयारीलाई निरन्तरता दियौं  । त्यसैक्रममा प्रचण्ड समूहले पनि बर्मझियामा नै रामवृक्ष यादव स्मृतिसभा मनाउने हल्ला सुनियो । त्यसपछि हाम्रो ब्युरो इन्चार्ज कमरेड सन्देशले प्रचण्ड समूहका ब्युरो सेक्रेटरी विश्वनाथ साहसँग छलफल गरी सहमति गरियो । जसअनुसार सोही स्थानमा अपरान्ह ३ बजेसम्म हामीले सभा सक्ने र त्यसपछि प्रचण्ड समूहले गर्ने सहमति भयो । विश्वनाथ साहसँग भएको सहमति प्रचण्ड गुटका नेताहरूले मान्न अस्वीकार गरेछन् । सहिद परिवारलाई पनि दबाब दिन थाले  । रामवृक्षकी छोरी सुनिता यादव सहजै कार्यक्रममा आउँछु भनेकी थिइन् । ''अन्तिममा छोरो बिरामी पर्योा, अस्पताल जानुपर्योप, आउन सकिनँ'' भनिन् । सुनिताले ''माकेले पनि कार्यक्रम गर्ने रै’छ त'' भन्दै ''मैले केही सहयोग गर्नुपर्ने भए भन्नुस् है'' भनेकी थिइन् ।

कार्यक्रमको अघिल्लो दिन भदौ १ गते कमरेड चित्रबहादुर आले र देवनारायण साह कार्यक्रम स्थलको तयारीमा लाग्नुभयो । हामी सबै आ-आफ्नो भूमिकामा लाग्यौं । पूर्वी कमान्ड इन्चार्ज कमरेड सुदर्शन, केन्द्रीय सल्लाहकार समितिका सचिव कमरेड  चित्रबहादुर आले, सामना परिवारको टोलीसहित सबै अतिथिहरू अघिल्लो दिन नै बर्मझिया पुगिसकेका थिए । भदौ २ गते बर्मझियामा रामवृक्ष यादवको स्मारक भएको स्थलमा बिहानै हामी पुग्यौं । हामी पुग्दा पूर्वसहमति विपरीत प्रचण्ड गुटले पनि कार्यक्रमका लागि मञ्च बनाउने तयारी गर्दै गरेको देखियो । उनीहरूले पूर्वसहमति विपरीत मञ्च बनाउन थालेपछि हामीले त्यो स्थान छोडेर अलि पर चौतारो (पिपलगाछी) मा मञ्च बनाउने, झगडा नगर्ने सोच बनायौं । मञ्च बनाउने तयारी गर्दैगर्दा प्रचण्ड गुटका महादेव यादवले २० जना मान्छे लिएर हामीलाई घेर्न आए । मञ्च उखेल्न, भत्काउन सुरु गरे । हामीसँग प्रतिवाद गर्नुको विकल्प थिएन । स्थानीयको भीड लागिसकेको थियो । हामीले उनीहरूलाई “तिमीहरूले गल्ती गर्यौ, माफी माग” भन्यौं । उनीहरूले ''गौरकाण्ड दोहोर्यासउने'' धम्की दिए । लाग्थ्यो गौरहत्याकाण्ड मातृका र महादेवकै नेतृत्वमा भएको थियो । सबै विषय खुलस्त राखेपछि स्थानीय जनताले हामीलाई समर्थन गरे । भीडले प्रचण्ड समूहलाई निरुत्साहित गर्यो  । त्यसपछि उनीहरू अलिकति हच्किए ।

हामीले आफ्नो नेतृत्वसमक्ष परिस्थितिको जानकारी गरायौं । त्यसलगत्तै प्रहरीको टोली कार्यक्रमस्थलमा आइपुग्यो । प्रहरीले पनि स्थानीय प्रशासनसँग अनुमति नलिएको भन्दै सरकारी पार्टीको पक्षमा मत जाहेर गर्यो् । कमरेड सन्देशले प्रचण्ड समूहसँग समझदारी गर्नेगरी पाका नेता श्रवण यादव आउँदै गरेको जानकारी गराउनुभयो । श्रवण यादव आएपछि दुई पक्षका बीचमा छलफलको वातावरणको बन्यो । श्रवण यादवले पनि पूर्व सहमतिअनुसार नै गर्दा राम्रो हुन्छ भन्नुभयो, तर प्रचण्ड समूहको यादव गुटले श्रवण यादवको सुझावसमेत मानेन । त्यसैबेला कमरेड सन्देश कार्यक्रमस्थलमा आउनुभयो । फेरि छलफल भयो । महादेव पक्षकाले उग्र भएर ‘गौर’ बनाउने धम्की दिइरहे । विश्वनाथ साह र श्रवण यादवले सम्झाउँदा पनि नमान्ने देखेपछि हामीले कार्यक्रम स्थल सार्नु नै उचित हुने ठान्यौं । प्रहरीले पनि सार्न भनिरहेको थियो ।
हामीले रामवृक्षलाई आक्रमण गरी मरणासन्न अवस्थामा फालिएको ‘नहरचोक’ मा कार्यक्रम सार्ने निधो गर्यो । जुन स्थान पूर्वघोषित स्थलबाट १ किमी टाढा पर्दथ्यो । दुईजना प्रहरीले त त्यहाँ पनि हुँदैन भन्दै थिए । सायद ती प्रहरी पनि प्रचण्ड समूह समर्थक थिए होलान् ।

हामीले नहरचोकमा तयारी गर्दैगर्दा जनसमूह एकत्रित हुने क्रम चलिरहेको थियो । एक्कासी मातृका यादव, महादेव यादवसहितको दुई बस मान्छे कार्यक्रम स्थलमा आए एक्कासी मातृकाले नै सन्देश पौडेलमाथि आक्रमण गरे । त्यसपछि प्रेमप्रकाश वली ‘धुमिल’ माथि खनिए । मातृकाले ''जनयुद्धमा मधेसी मार्ने पहाडिया'' भन्दै गाली गर्दै थिए । उनी फोहोर बोल्दै थिए । दारु खाएर हो कि के हो ? भन्ने चाहिँ थाहा भएन । मातृकाले हान्न उठाएको ढुङ्गो हामीले खोस्यौं । केही समयपछि सशस्त्र प्रहरीको टोली पुग्यो ।

त्यसबेला प्रहरी चौकीका प्रहरी निरीक्षक विजय यादवलाई हामीले आक्रमणकारीलाई पक्राउ गर भन्यौं, तर उसले उल्टै हाम्रा केन्द्रीय सदस्यहरू सन्देश पौडेल, देवनारायण यादवसहित राजु कार्की, प्रेमप्रकाश वली, लक्ष्मण पौडेल र आइडल चौधरीलाई गिरफ्तार गर्यो । उपस्थित जनतालाई प्रचण्ड समूह र प्रहरीको संयुक्त टोलीले लखेट्यो । बन्दोबस्तीका सामान र मञ्च लुटियो । 'रातो खबर' साप्ताहिक लुटेर नष्ट गरियो । मातृका यादवले प्रेमप्रकाश वलीलाई ''भाग् भाग्'' भन्दै थिए । भागेको भए ''चोर चोर'' भन्दै लखेटेर मार्ने योजनामा रहेछन् । त्यसैले उनीहरूले पटक-पटक गौरकाण्ड बनाउने धम्की दिएको हुन सक्छ । ब्युरो इञ्चार्ज कमरेड सन्देशसहित गिरफ्तार भएको बेला पूर्वबाट बर्मझिया आउँदै गरेका जनतालाई धनुषा जिल्लाकै पोर्ताहा र पश्चिमबाट आउँदैगरेको जनसमूहलाई बर्दिबासमा नै नाराबाजी तथा प्रदर्शन गरेका थिए । त्यही विरोध-सभा गरियो । बर्मझियाको घटनाले ''सत्ताबाहेक सबै भ्रम हो'' र ''बन्दुक नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन'' भन्ने यथार्थलाई प्रकट गरेको छ । त्यसले सत्ताको ज्यादतीविरुद्ध प्रतिरोधको अनिवार्यतालाई पुष्टि गरेको छ ।

eratokhabar.com बाट

भिडियो फिचरview all