menu

ताजा समाचार

लम्पसारवादले आक्रान्त काठमाडौं

काठमाडौं, कात्तिक१८, भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका नाममा सार्वजनिक विदा दिनेलगायत आम जनजीवनलाई प्रभवित पार्ने सरकारी गतीबिधिका कारण १५ गतेदेखि नै काठमाडौंको जनजीवन आक्रान्त एक हिसाबले आतंकित हुनपुग्यो l  हिजो दिनभर काठमाडौंको जीवन कर्फ्युं लागेजस्तै  भयो l गतसाल यसै समयमा नाकाबन्दीको कहर सहेका नेपाली जनताले मुखर्जीलाई अलिकति पनि स्वागत गर्न चाहेका थिएनन् l परन्तु मुखर्जीको भ्रमणलाई सफल पार्ने नाममा प्रचण्ड सरकारले जेजस्तो व्यवहार देखायो, यसले उनको राष्ट्रिय आत्मसमर्पणवादलाई राम्रोसित पुष्टि गरेको छ र आमजनमानसले  यसलाई लम्पसारवादको संज्ञा दिएका छन् l खास गरेर सामाजिक संजालहरू प्रचण्डको लम्पसारवादको टिप्पणीले भरिएका छन् l स्मरण रहोस् कटुवाल हटाउ प्रकरणमा  मुखर्जीले प्रचण्ड हटाउन् आफूले प्रमुख भूमिका खेलेको कुरा सार्वजनिक रूपमै भनेका थिए l प्रचण्ड अलिकति पनि ईख र स्वाभिवान नभएका व्यक्ति रहेछन भन्ने कुरा प्रमाणित  भएको छ l

जनतन्त्र र राष्ट्रियताको पक्षमा रहेका भनिएका राजनीतिक पार्टीहरू सडकमा नदेखिए पनि कतिपय नागरिकले  कालो झन्डासहित सडकमा निस्केर गिरफ्तारी दिए l  मुखर्जीको यात्रालाई कति  लामो भन्दै उनी  कहिले भारत फर्केलान भनेर व्यग्रताका साथ  पर्खीरहेका छन् l जनजीवनलाई आतंकित बनाएर गराइएको यस किसिमको भ्रमणले भारतीय विस्तारवाद्प्रति नेपाली जनाता कति घृणा गर्दा रहेछन् र नेपालका सत्ताधारीहरु चाहिं कति सारो लम्पसार पर्दा रहेछ भन्ने कुरा चाहिँ पुष्टि भएको छ l

नयाँ जोगीले  खरानी धेरै घस्छ  भनेझैं प्रचण्ड ऐतिहासिक रूपमै भारतका सामु लम्पसार परेको  र उनको राष्ट्रिय आत्मसमर्पणवादको चौतर्फी निन्दा र विरोध भइरहेकोबेला पूर्व प्रधानमन्त्री केपी ओलीले मुखर्जीको सम्मानमा भारतीय राजदूतावासमा दिइएको भोज वहिष्कार गरेर भारतीय विस्तारवादी नीतिलाई ठाडै चुनौती दिनुको साथै प्रचण्डलाई पनि  राम्रो शिक्षा दिएका छन् l प्रोटोकल नमिल्दा पनि मुखर्जीलाई द्वारिका होटेलमा भेटन जाने प्रचण्ड र भोज बहिष्कार गर्ने ओली यतिबेर समाचारका विशेष पात्र बनेका छन् l यसैबीच प्रचण्डको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन- व्यवहारलाई लिएर उनको पार्टीमा पनि तीव्र विवाद उत्पन्न भएको समाचारहरू बाहिर आएका छन् l

भिडियो फिचरview all