menu

ताजा समाचार

क्रान्तिकारी लेखक सङ्घको देशव्यापी कार्यक्रम

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नजिक मानिने क्रान्तिकारी लेखक सङ्घ (विप्लव रचयिताल सङ्घ : विरसम) ले आगामी सेप्टेम्बर ९ र १० का दिन भारतका विभिन्न राज्यहरूमा नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा ‘भारतीय समाजमा नक्सलबाडी आन्दोलनको प्रभाव, यसका प्राप्तिहरू र चुनौतीहरू’ विषयक सेमिनार  गर्ने कुरा सो सङ्गठनले जानकारी गराएको छ ।
 
कवि, समीक्षक तथा माओवादी विचारक बरबर रावको नेतृत्वमा रहेको सो संस्था १९८० को दशकमा स्थापित भएको थियो र त्यसले लामो अवधिसम्म बहुचर्चित पत्रिका ‘आमुख’ प्रकाशित  गर्दैआएको थियो । श्री श्री, बरबर राव, चेराबण्ड राजु, गदर, कन्चनकुमार र  राजकिशोर जस्ता बहुचर्चित लेखककलाकारहरूको इतिहास गाँसिएको  यो संस्थाले सो सेमिनार आयोजना गर्नुपर्ने आवश्यकता र औचित्यका सम्बन्धमा निम्ब बमोजिमको प्रेस नोट जारी गरेको छ :

 ‘भारतीय समाजमा नक्सलबाडी आन्दोलनको प्रभाव, यसका उपलब्धिहरू र चुनौतीहरू’ विषयक सेमिनारको आयोजना
यो वर्ष भारतमा वसन्ते गर्जनको ५० औँ वार्षिकोत्सवको वर्ष हो । नक्सलबाडी आन्दोलनले यो भारतको माटोमा मार्क्सवादको मूल्यलाई पुनस्र्थापित गरेर भारतीय क्रान्तिको बाटो तय गर्यो , जुन भारती य राजनतिक परिदृश्यमा महान् मोड थियो । राज्यद्वारा गरिएका अथाह दमन तथा हिँसाको सामना गर्दै नक्सलबाडीको झिल्को  मुलुकको विभिन्न भागमा फैलिएको छ । धक्का खाएका कतिपय ठाउँमा पनि फेरि आन्दोलन उठेको छ  । कतिपय ठाउँमा निर्मम किसिमले दमन गरिए पनि यो नयाँनयाँ ठाउँमा विकसित हुँदैगयो र जनताको वैकल्पिक शक्तिका रूपमा विकसित भयो ।

मानवजीवनको लामो इतिहासमा ५० वर्ष लामो अवधि होइन तापनि वास्तवमा एउटा विशिष्ट किसिमको यात्राचाहिँ हो । यो कालखण्डले भारतको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा भएको निकै महत्त्वपूर्ण प्रगतिलाई आफ्नै आँखाले देखेको छ । भारतीय समाजको जटिलता र विविधताले गर्दा यहाँको हरेक क्षेत्र आफ्नै विशेषताले भरिएको समाजको रूपमा रहेको छ ।  यी वर्षहरूमा भएका विश्वव्यापी परिवर्तनहरू झन् जटिल र विविधतायुक्त छन् । यसो भए पनि भारत सामन्तवाद र साम्राज्यवादको पञ्जामा निरन्तर रूपमा अहिले पनि जकडिएकै छ ।

५० वर्षदेखि नक्सलबाडी जनतालाई क्रान्तिकारी फौजमा विकसित गरेर भारतीय समाजको विद्यमान यथार्थलाई  परिवर्तन गर्न लडिरहेको छ । यसले समाजको विविध पक्षलाई प्रभावित पार्दै महान् उपलब्धि हासिल गरेको छ । नक्सलबाडी आन्दोलन आरम्भ हुँदाको समयभन्दा विश्व परिस्थिति,  आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा आएको परिवर्तनको कारण र प्रतिक्रियावादी साशक वर्गको निर्मम दमनका कारण केही ठाउँमा आन्दोलन केही कमजोर भएको कुरामा शङ्का छैन । साम्राज्यवादी काखमा बसेर विकसित भएका मुलुकको धार्मिक फासिवादी शक्तिहरू स्वयंले संसदीय व्यस्थालाई  ध्वस्ता पारिहेका कारण, यो व्यवस्था आफैँ सङकटको स्थिति मा छ र आशा अब नक्सलबाडी आन्दोदलनमा मात्र बाँकिरहेको छ । बुर्जुवा प्रजातन्त्र समाजको हरेक क्षेत्रलाई अन्धकारको कालो गुफाको सङ्कटतर्फ धकेलिरहेका छ भने नक्सलबाडीको बाटो समातेका दण्डकारण्य, बिहार, झारखण्ड, आन्ध्र-ओडिसा बोर्डर, पश्चिम घाट र जङ्गलमहल जनताद्वारा विकसित नीति र कार्यक्रममार्फत   जनताको सत्ता, सच्चा प्रजातन्त्र, जनताद्वारा जनताको प्रजातन्त्रको विकल्प प्रस्तुत गरिरहेका छन् ।

नक्सलबाडी आन्दोलनले मुलुकमा क्रान्तिकारी आन्दोलनका लागि भरपर्दो स्थिति मात्र निर्माण गरेन, यसले सामाजिक सम्बनधहरू, महिला मुक्ति, शिक्षा, साहित्यकला, संस्कृति सबै क्षेत्रमा एकदमै महत्वपूर्ण प्रभाव पर्यो  । आरम्भदेखि नै यसले समाजको हरेक पक्ष, विचार र राजनीतिको क्षेत्रमा नयाँ विकल्प प्रस्तुत गरेको छ । वास्तवमा सन् १९४७ पछि भारतीय समाजलाई यस किसिमले प्रभावित पार्ने नक्सलबाडी आन्दोलनभन्दा अर्को कुनै आन्दोलन छैन । तर, विडम्बनाको कुरा के छ भने आन्दोलनको सैद्धान्तिक तथा रानीतिक सही विश्लेषण नगरी इतिहासको गलत किसिमले अभिलेखीकरण गरिएको छ ।

नक्सलबाडी आन्दोलनको ५० औँ वार्षिकोत्सव मनाउने क्रममा ‘क्रान्तिकारी लेखक
सङ्घ' ले भारतको विभिन्न राज्यहरूमा नक्सलबाडी आन्दोलनको राजनीतिले भारतीय समाजमा पारेको प्रभाव यसका प्राप्तिहरू र  चुनोतीहरूका सम्बन्धमा राष्ट्रिय सेमिनारको आयोजना गर्ने निधो गरेको छ । सेमिनार सेप्टेम्बर ९ र १०, २०१७ मा आयोजना गरिनेछ ।
स्रोत : virasam



भिडियो फिचरview all