menu

ताजा समाचार

मलकानगिरि नरसंहारविरुद्ध दिल्लीमा विरोधसभा

भारतीय फासिवादी सत्ताद्वारा गत अक्टोबर २४ का दिन भारतको मलकानगिरी जिल्लामा भएको नरसंहारकाविरुद्ध भारतका विभिन्न राजनीतिक पार्टीहरू, बौद्धिक सङ्घ–संस्था तथा मानवअधिकारवादी संस्थाहरूले आज  नोभेम्बर २ तारिखका दिन भारतको नयाँ दिल्लीस्थित जन्तरमन्तरमा दिनको ११ बजे व्यापक विरोध सभाको आयोजना गरेका छन् । “मलकानगिरि नरसंहारको विरोध गरौँ’ भन्ने मूल नाराका साथ आयोजित हुने  सो विरोधसभासम्बन्धी पर्चामा आयोजकहरूले ५ ओटा मागहरू : १ सुप्रिम कोर्टका न्यायाधीशको संयोजकत्वमा अधिकार सम्पन्न न्यायिक आयोगको गठन, २. घाइते अवस्थामा बन्दी बनाइएका भाकपा (माओवादी) का केन्द्रीय नेता रामकृष्ण (आरके) सहित १० जनाभन्दा बढी आदिवासी जनतालाई सार्वजनिक गरी आदालतमा प्रस्तुत गर्नुपर्ने, ३. आदिवासी क्षेत्रमा कम्बिङ अपरेसनका नाममा चलाइएको आतंक र तोडफोड बन्द गनुपर्ने र ४. नरसंहारमा संलग्न प्रहरी अधिकृत लगायतका दोषीलाई हत्याको अभियोगमा मुद्दा चलाउनु पर्ने, रहेका छन् । विरोधसभा गर्नेहरूले मलकानगिरि घटना एन्काउन्टर नभएर सो क्षेत्र खालि गराउन योजनाबद्ध किसिमले गरिएको नरसंहार हो भनेका छन् ।  अहिलेसम्म सो घटनामा मारिनेहरूको सङ्ख्या ३९ पुगेको छ ।

विरोधसभाको आयोजकहरूले विरोध सभामा व्यापक उपस्थितिका लागि आह्वान गरेका छन् र सो सभा नबिथोल्न सरकारलाई चेतावनी दिएका छन् । संयुक्त विरोध सभाको आयोजकहरूमा पिपुल्स युनियन फर डेमोक्रेटिक राइट्स (पियुडिआर) सहित भारतीय कम्युनिस्ट पार्टी (एम–एल), न्यु डेमोक्रेसी, भारतीय कम्युनिस्ट पार्टी (एम–एल) लिबरेसन, भारतीय कम्युनिस्ट पार्टी, सिएफआई लगायतका २३ ओटा संस्थाहरू छन् ।   

भिडियो फिचरview all