menu

ताजा समाचार

बरबर रावद्वारा पूर्वमाओवादी नेता तथा लेखक तुषार कान्तिको रिहाइको माग

एक समय भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य रहेर उत्तरप्रदेश, उत्तराखण्ड र उत्तरी बिहार क्षेत्रको जिम्मेवारी समालेका र थुप्रै पटक जेल परेका ६२ वर्षीय तुषार कान्ति भट्टाचार्यलाई ८ अगस्तका दिन आफ्नो घर पश्चिम बङ्गालबाट नागपुर फर्किँदा गिताञ्जली एक्सप्रेसबाट भारतीय प्रहरीले पक्राउ गरेको छ । बिरामीका कारण सक्रिय राजनीतिक जीवन छाडेर साहित्यिक लेखन तथा पत्रकारितामा समय बिताइरहेका तुषार साहित्यिक क्षेत्रमा कथाकार, निबन्धकार  र संस्मरण लेखकका रूपमा परिचित छन् । पार्टीमा छँदाका मुद्दालाई पहिले नै अदालतले सल्टाइसकेको अवस्थामा थाति रहेको मुद्दा भन्दै  पक्राउ गर्नु भनेको आतङ्कको वातावरण उत्पन्न गर्ने सरकारी नियत मात्र हो भनेर मानवअधिकारवादीहरूले विरोध जनाएका छन् । तुषार आफ्नो मूल घर बङ्गालमा  भाइ र बहिनीलाई भेटेर फर्केका थिए ।

तुषार कान्ति भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)  पिपुल्स वारको समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिया थिए र पछि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) निर्माण भएपछि केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए ।  २००७ उनलाई पटनाबाट गिरफतार गरिएको थियो र तेलङ्गानामा एक जना किसानको हत्या र केरलामा छापामारलाई तालिम दिएको अभियोग लगाएर २०१३ सम्म जेलमा राखिएको थियो । बङ्गालमा जन्मेर आन्ध्रको अदिलावाद जिल्लामा  बस्तै आएका तुषार अदालतले रिहाइ गरेपछि विभिन्न रोगका कारण अध्ययन-चिन्तन र लेखनपढनमा सक्रिय भएर खुला जीवन बिताइरहेका थिए ।

तुषारकी जीवनसाथी  नागपुर विश्वविद्यालयकी प्राध्यापक सोमा सेनले एकएक बहाना बनाएर बाटोबाट त्यसरी समातेर लैजानु भनेको पक्राउ होइन, अपहरण हो र यसबाट सरकार बौद्धिक क्षेत्रको मुख बन्द गराउन चाहन्छ भनेकी छन् ।

यसैबीच ‘नेस्नल डेमोक्रेटिक फ्रन्ट’ (आरडिएफ)  का अध्यक्ष कवि, समीक्षक तथा माओवादी चिन्तक बरबर रावले “सक्रिय राजनीति छाडेर साहित्यिक लेखन र पत्रकारितामा लागेको र  विभिन्न रोगका कारण औषधीउपचार गराइरहेको मान्छेलाई अपहरणको शैलीमा पक्राउ गरेर सरकारले राज्यआतङ्क मच्चाएको भन्दै तुषारको अविलम्ब रिहाइको माग गरेका छन् । साथै उनले तुषारको रिहाइको पक्षमा आवाज उठाउन लेखक, पत्रकार तथा मानवअधिकारवादीहरूसित अपिल पनि गरेका छन् ।  


भिडियो फिचरview all