menu

ताजा समाचार

विप्लव समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि' द्वारा पार्टी परित्याग

यताका दिनमा नेत्रबिक्रम चन्द ' विप्लव' ले नेतृत्त्व गरेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूले सो पार्टीले लिएको गलत चिन्तनका विरुद्ध बिद्रोह गर्दै पार्टी परित्याग गरिरहेको सन्दर्भमा सो समूहका धौलागिरी ब्युरो इन्चार्ज 'पारशमणि' ले पनि आफ्नो फेसबुकमार्फत सो  पार्टी परित्याग गरेको घोषणा गरेका छन् l यसरी पार्टी परित्याग गर्नुपर्ने कारणमा उनले  ६ ओटा बुँदा अघि सारेका छन्

१) कम्युनिस्ट पार्टी भनेकै निश्चित दर्शनको मार्गनिर्देशन र राजनीतिको प्रयोगमा समतामूलक आर्थिक निति पार्टी र समाजमा लागु गर्नु हो l यदि त्यसो गर्न सकिएन भने इमानदारहरू उत्पीडनमा परिरहने हुन्छ l २) आर्थिक अराजकता र व्यभिचार नेपाली समाजले बढीभन्दा बढी नियमन गर्ने प्रसंगहरू  छन् l कम्युनिस्ट पार्टी र त्यसका नेता कार्यकर्ता त यस मामिलामा झनै जननिगरानीमा हुने गर्दछन् l यस मामिलालाई बेवास्ता गर्नु भनेको ढिलोचाँडो पार्टीलाई भ्रष्टीकरण  गर्नु हो l ३ ) पार्टी भनेको विचार र भावनात्मक सोचाइहरूको छलफलबाट उन्नत विचार अनुसन्धान गरी त्यसको वैज्ञानिक प्रयोग गर्ने साधन हो l अत: विचार र भावना प्रकट हुनबित्तिकै असहिष्णु हुने कुराले मोनोलोथिक  एकताको खराब अपेक्षाको माग गर्दछ l ४) जनयुद्द हाम्रो पुस्ता र जीवनको सबैभन्दा गौरवपूर्ण अवधि थियो l त्यहाँदेखि अहिलेसम्म विभिन्न  नेतृत्व र कमिटीसँग सहकार्य गर्दाका बहुआयामी अनुभूतिहरू छन l यस अवधिसम्म सहयोग गर्ने सबैलाई आभार प्रकट गर्द छु l साथै आफू बसुन्जेल सस्था पूर्णरूपले ठीक र आफू अलग भएपछि पूर्णरूपले बेठीक भन्ने परम्परागत प्रचलनबाट पनि आफूलाई अलग गर्दछु l किन कि यो पनि कम्युनिस्ट एकताको लागि बाधक छ । ६) अत: केही राजनीतिक र  व्यावहारिक कारणले आजदेखि नै नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएको जानकारी गर्दछु l कम्युनिस्ट राजनीति र सक्रियतालाई फरक ढङ्गगले निरन्तरता दिनेछु l  छलफलमा रहेका अरू केन्द्रीय सदस्य र सबै कमरेडहरूसँग सम्बाद जारी नै रहने  छ l

रुकुम जिल्लाका कमरेड पारसमणि जनयुद्ध कालदेखिका इमान्दार र क्रान्तिकारी विचारका कमरेड मानिन्छन् l पार्टीभित्रको  दुई लाइन सङ्घर्षमा  सदैव क्रान्तिकारी धारका पक्षमा उभिएका उनी युद्धकालमा आधारइलाकाका ब्युरो इन्चार्ज 'विप्लव' को विश्वासपात्रका रूपमा  चिनिन्थे l ब्युरो कार्यालय सचिवको जिम्मेवारीलगायत विभिन्न जिल्लाको जिम्मेवारी सम्हालेका पारसमणिको पार्टी परित्यागले सो पार्टीमा पहिरो जानथालेको संकेत मिल्छ l केही दिनअघि जाजरकोटका के.स. 'जीवन' तथा बाँकेका इन्चार्ज 'संगम' ले पनि पार्टी परित्याग गरेका थिए l  


भिडियो फिचरview all