menu

ताजा समाचार

माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा

नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईलाई आधार मानेर प्रचारात्मक, राजनीतिक र फौजी कारबाहीका साथ  एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आह्वान गरे अनुसार आज राती २ बजे सो पार्टीका जनमुक्ति छापामार सेनाले भारत बिहारको माओवादी प्रभावित जमुई जिल्लामा धनवाद-पटना एक्सप्रेस रेललाई ६ घण्टासम्म आफनो कब्जामा लिएका छन् ।

रेल कब्जामा लिनुअघि सो क्षेत्रको मोबाइल टावरसमेत ध्वस्त पारेका छापामारहरूको कारबाहीमा ३ जना प्रहरीको मृत्यु भएको छर अन्य ५ जना घाइने भएका छन् ।

भरतीय सञ्चारमाध्यमहरूले ढिलो गरी प्रचारमा ल्याएको समाचार अनुसारर सो कारबाहीमा १५०जना  जति छापामारहरूको उपस्थिति रहेको र मारिनेमा सब इन्सपेक्टर समेत छन् l सो कारबाहीमा  छापामारहरूले ३ थान राइफल पनि कब्जामा लिएको कुरा पनि समाचार माध्यमले जनाएका छन्  ।

यस्तै अर्को ठाउँ लखिसरायमा दानापुर-दुर्गा एक्सप्रेसका रेल कब्जा गरेर छापामारहरूले तीन जना कर्मचारीलाई कब्जामा लिएकोमा राती नै उनीहरूलाई छाडेका छन् । भारतीय सञ्चार माध्यमअनुसार २५ ओटा रेल्वे रुट प्रभावित भएका छन् र माओवादीका विरुद्ध २०७ कोब्रा बटालियन र २ बटालियन सिआरपिफ कम्बिङ अपरेसनका लागि खटाइएको छ ।

भिडियो फिचरview all