menu

ताजा समाचार

भारतीय माओवादीहरूबारे अमेरिकी धारणा

अमेरिकी इन्टेलिजेन्सले तयार पारेको  प्रतिवेदनमा भारतीय माओवादीहरूलाई विश्वका तेस्रो नम्बरमा आतङ्ककारीको सूचीमा राखेको कुरा भनेजुयलाको अनलाइन ‘टेलेसर’ को अङ्ग्रेजी संस्करणले जुलाई २३मा प्रकाशित गरेको समाचारमा उल्लेख गरेको छ ।   यही समाचारलाई ‘इकोनमिक टाइम्स’ ले पनि ‘इन्डिया विट्नेस्ड् थर्ड  हाइएस्ट टेरर अट्याक इन २०१६: रिपोर्ट’  शीर्षकमा समाचार छापेको छ ।

‘एउटा अमेरिकी प्रतिवेदनले भारतीय “नक्सलहरू” वा भारतीय माओवादीहरूलाई  आइयसआइ र तालिवानपछिको तेस्रो आतङ्ककारी सङ्गठन सरह मानेको  छ’ शीर्षकमा ‘टेलेसर’ को समाचार भनिएको छ :

अमेरिकी संस्था  ‘नेस्नल कन्सोर्टिएम फर दि स्टडी अफ टेरोरिज्म एन्ड रेस्पोन्सेज टु टेरोरिज्म अफ दि  युयस स्टेट डिपार्टमेन्ट’ नामक संस्थाले प्रकाशित गरेको प्रतिवेदनमा भारतीय “नक्सलहरू” अथवा भारतीय माओवादीहरूलाई  'आइयसआइ' र 'तालिवान' पछिका तेस्रो आतङ्ककारी खतरनाक सङ्गठन  मानेको  छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टको प्रतिवेदनमा भनिएको छ : भारतमा जुलाई २०१६ मा आतङ्ककारी हमला भयो, जतिबेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले बिहारमा सेन्ट्रल रिजर्ब फोर्समाथि बम र बारुदद्वारा आक्रमण गर्यो  ।

नक्सलहरूले नेतृत्व गरेको तथाकथित “आतङ्कारी आक्रमण” ले  आदिवासी ट्राइबलहरूको बसोबास भएको क्षेत्रमा व्यापारिक तथा औद्योगिक विकासको विरोध गर्छ ।

नक्सलीहरू, जो माओको सिद्धान्त अबलम्बन गर्छन्,१९६७ मा पश्चिम बङ्गालको नक्सलबाडीमा वामपन्थी छापामारद्वारा भारतीय राज्यका विरुद्ध भएको किसान विद्रोहपछि उनीहरू यस नामले परिचित भएका हुन् ।   भारतीय माओवादी अथवा नक्सलहरूले गरिबहरूको बसोबास भएको जिल्लाको प्रतिनिधित्व गर्छन् र आदिवासीहरूको बसोबास भएका क्षेत्रहरू पश्चिमी भारतसम्म फैलिएका छन्, जुनचाहिँ ‘रेड कोरिडोर’ नामले परिचित छ ।

भारतीय संविधानअनुसार ट्राइबल क्षेत्रका स्रोतसाधनमा उनीहरूको नै अधीनमा हुन्छ । १९९५ मा गठित  कमिसनले सिफारिस गरेअनुसार आदिवासी क्षेत्रमा  स्थापित उद्योगहरूको ५० प्रतिशत स्वामित्व उनीहरूको हुन्छ, २० प्रतिशत जमिनवाला राज्यको र ३९ प्रतिशत लगानीकर्ताको । तर यो नीतिलाई लागु गरिएको छैन ।
 
२०१६ मा विश्वव्यापी रूपमा ११, ०७२ ओटा आतङ्ककारी हमलाहरू भए, २५,६०० जनाको मृत्यु भयो र ३३,८०० भन्दा बढी मान्छे घाइते भए । २०१६ मा १०४ ओटा देशमा आतङ्कारी हमला भएको तथ्याङक सार्वजनिक गरिए र  ५५ प्रतिशत हमला यी ५ मुलुकहरूमा भएका थिए— इराक, अफ्गानिस्तान, भारत, पाकिस्तान र फिलिपिन्स ।

भारत धेरै आतङ्कारी हमला हुने देशहरूमध्ये  तेस्रोमा पर्छ । २०१६ मा भएका ११,०७२ ओटा आतङ्कवादी आक्रमणमा ९२७ आक्रमणहरू भारतमा भएका थिए र यो २०१५ भन्दा १६ प्रतिशतले बढी हो । भारतमा आतङ्कारी हमलामा मर्नेको सङ्ख्या पनि २०१५ मा २८९ बाट २०१६ मा ३३७ पुगेको छ र यो १७ प्रतिशतले वृद्धि हो र सन् २०१५ मा घाइतेको सङ्ख्या ५०० थियो भने गत वर्ष यसको सङ्ख्या ६३६ पुगेको छ । तर यहाँ हुने आक्रमणको स्तर भने त्यति उच्च किसिमको छैन  ।

 सिङ्गो भारतमा भएको आतङ्कारी हमलामा जम्मु-कस्मिरमा १९ प्रतिशत, छत्तिसगढमा १८ प्रतिशत र झारखण्डमा १० प्रतिशत छ । कास्मिरमा २०१५ को तुलनामा २०१६मा करिब ९३ प्रतिशतले वृद्धि भएको छ ।

माथिको समाचारको शीर्षक र अन्तर्वस्तुले आदिवासी क्षेत्रका जनतालाई आफ्नो जमिनबाट विस्थापित गरेर विदेशी लगानीकर्ता बहुराष्ट्रिय कम्पनीहरूलाई स्थापित गर्ने सरकारी योजनाका विरुद्धमा भारतीय माओवादी पार्टीले  विरोध गर्नु नै अमेरिकीहरूले माओवादीहरूलाई आतङ्कारी ठहर गर्नुको कारण रहेछ भन्ने कुरा  प्रस्ट पार्छ । यसले ट्रम्प र मोदी सरकारबीचको बढ्दो सम्बन्ध र साँठगाँठको द्योतन गर्दछ ।   

भिडियो फिचरview all