menu

ताजा समाचार

भारतका लागि फेरि अर्को गोर्खेले ज्यान गुमायो

काठमाडौं, कात्तिक १६, नेपालको सार्वभौमसत्तामाथि धावा बोल्ने तथा नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने भारतीय विस्तारवादी सत्ताका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा नेपालको प्रचण्ड सरकारले राष्ट्रियआत्मसमर्पणवादी प्रवृत्ति प्रदर्शन गरेवापत जनतामा तीव्र आक्रोस उत्पन्न भइरहेको अवस्थामा सुगौली सन्धिले थोपरेको गोर्खे पीडाको सिकार एकपल्ट फेरि नेपाली जनता बनेकी छन् । गोर्खा भर्तिकेन्द्रका नाममा भारतीय सेनामा भर्ना भएका गोर्खेहरूलाई राष्ट्रिय मुक्तिका लागि लडिरहेका भारतीय जनता तथा छिमेकी मुलुकसितको युद्धमा भारतीय विस्तारवादले प्रयोग गरेर छिमेकी मुलुकहरूका जनतामा नेपाल र नेपाली युवकप्रति नै घृणा उत्पन्न गराइरहेको सन्दर्भमा अहिले फेरि पाकिस्तानसित भइरहेको द्वन्दमा गोर्खा फौजको प्रयोग गरिएको छ र यसक्रममा एउटा अर्को गोर्खेले भारतका लागि आफ्नो ज्यान गुमाएको छ । यस क्रममा भारतीय गोर्खा रेजिमेन्टका राइफलम्यान धरानका २० वर्षीय विमल  तामांगले भारत-पाकिस्त सीमा क्षेत्र बलाकोटमा ज्यान गुमाएका छन् ।

भारत तथा अन्य मुलुकका  प्रतिक्रियावादी सरकारहरूको विरुद्ध राष्ट्रिय मुक्ति युद्ध लडिरहेका जनता तथा माओवादी पार्टीहरूले विश्वमा बहादुरीका लागि नाम कमाएका नेपाली युवाहरूलाई गोर्खा भर्तिकेन्द्रमा नपठाउँन र साम्राज्यवादीहरूका लागि काम नगर्न अनुरोध गर्दै आएका छन् l यसक्रममा अमेरिकी नेतृत्त्वको नेटो सेनामा सामेल भएर ब्रिटिश- गोर्खा फौजले अफगानिस्तानका निर्दोष जनताको हत्या गरेको सन्दर्भलाई लिएर अफगान माओवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री भएका बेला पार्टीगत चिठी लेखेर गोर्खा-भर्ति केन्द्र बन्द गर्न अनुरोध गरेको थियो । भारतीय  विस्तारवादपरस्त नेपालका सरकारहरू  नबोले पनि जनस्तरबाट यसको विरोध हुनु आवश्यक  छ ।

भिडियो फिचरview all