menu

ताजा समाचार

दार्जीलिङमा माओवादीहरू भित्रिएको हल्ला

‘हिन्दुस्तान टाइम’ र ‘टाइम्स अफ इन्डिया’ को २३ जुलाईको अनलाइन संस्करणमा   पश्चिम बङ्गालका उच्च अधिकारीको भनाइ उल्लेख गर्दै ‘गोर्खा जनमुक्ति मोर्चाले’ सशस्त्र सङ्घर्ष गर्न र दार्जीलिङमा तोडफोड गर्नका लागि २५-३० जना माओवादीहरू नेपालबाट बोलाएको समाचार प्रकाशित छ । पहिले पनि यस्तो समाचार आएपछि सम्बद्ध संस्थाद्वारा खण्डन गरिएको थियो ।

त्यसैगरी भारतीय टेलिभिजन ‘आजतक’ ले अनलाइनमार्फत ‘सशस्त्र विद्रोह की तैयारी कर रहा है GJM, ट्रेनिङ के लिए बुलाए माओवादी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । बङ्गाल सरकारको अधिकारीको हवाला दिँदै समाचारमा 'गोर्खा जनमुक्ति मोर्चा' ले सशस्त्र सङ्घर्षका लागि धेरै पहिलेदेखि गोलाबारुद जम्मा गरेको कुरा पनि उल्लेख गरिएको छ । ''उनीहरूले ३८ दिनको आन्दोलनमा चौकी, प्रहरीमाथि आक्रमण गरेर जसरी हतियार लुटे, यो माओवादीको शैली हो'' भनेर सरकारी अधिकारीले भने भनेर पनि समाचारमा उल्लेख गरिएको छ । अहिले सरकारले पश्चिम बङ्गालको माओवादी प्रभावित क्षेत्र “जङ्गलमहल’ मा २००९ देखि २०१२ सम्म अपरेसन विङमा काम गरेका अनुभवी आइपिएस अधिकारीहरूलाई दार्जीलिङ क्षेत्रमा पठाएको कुरा पनि समाचारमा उल्लेख छ ।
 
कति दिनदेखि इन्टर्नेट सेवा बन्द भएको दार्जीलिङमा त्यहाँको लोकप्रिय केवल नेटवर्क abn को कार्यालयमा पनि सरकारद्वारा सिलबन्दी गरिएको छ र  यसको बौद्धिक क्षेत्रलगायत जनस्तरबाट व्यापक विरोध भएको छ ।

यसैबीच बहुचर्चित साहित्यकार गुप्तप्रधानले गोर्खाल्यान्ड आन्दोलनको समर्थनमा 'साहित्य एकेडेमी ' पुरस्कार लगायत पश्चिम बङ्गाल सरकारले प्रदान गरेका सबै सम्मान तथा पुरस्कारहरू फिर्ता गर्नुभएको छ ।  

भिडियो फिचरview all