menu

ताजा समाचार

जताततै भाकपा (माओवादी) को पर्चा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ४ सम्म ‘सहिद स्मृति सप्ताह’ मनाउने निर्णय गरेअनुसार यो वर्ष पनि विशेष कार्यक्रमका साथ सहित सप्ताह मनाउन थालेको कुरा सो पार्टीद्वारा जारी लामो वक्तव्यमा उल्लेख गरिएको छ ।

सो पार्टीले प्रचारात्मक, राजनीतिक तथा फौजी किसिमले सहिद सप्ताह मनाउँने गरेको छ ।   यसै क्रममा भाकपा (माओवादी) ले भारतीय फासिवादी सरकारले माओवादी नेताहरूको टाउकाको मोल तोकेर राज्यराज्यमा फोटाहरू सार्वजनिक गरेपछि माओवादी पाटीले पनि जनकारबाही गर्नुपर्ने जनविरोधी तत्वहरू भनेर रातो कपडामा नाम लेखेर  ठाउँठाउँमा नामहरू सार्वजनिक गरेको छ । पार्टीका वरिष्ठ नेताहरूको  हत्याकाृ योजनाकार भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) सम्बद्ध तेलङ्गनाका मुख्य मन्त्री चन्द्रशेखर रावलाई सो राज्यको माओवादी पार्टीले जनकारबाही गर्नुपर्ने पहिलो नामका रूपमा सूचीकृत गरेको छ ।

त्यसैगरी सहिद दिवसको आवश्यकताबारे प्रस्ट पारिएका तुलहरू ठाउँठाउँमा टाँगिएका छन्  र पर्चाहरू पनि वितरण गरिएको छ । अहिले तेलङ्गना राज्यका विभिन्न ठाउँहरूमा पर्चाहरू ब्यापक रूपमा छरिएका छन् । राजमार्ग लगायत सहरी क्षेत्रमा समेत पर्चा भेटिएपछि प्रहरी गस्ती बढाइएको छ ।

सरकारले उत्पीडित जनसमुदाय तथा तथा आदिवासी जनतालाई उठिवास लगाएर उनीहरूको जमिन कब्जा गरेर विदशी कम्पनीलाई बेचिरहेको र विरोध गर्ने जनतामाथि ‘अपरेसन ग्रिन हन्ट’ नामको हत्याअभियान  चलाएकाले त्यसका विरुद्ध एकजुट हुन पार्टीले आह्वान गरेको छ ।  साथै आफ्ना हकअधिकार प्राप्तिका लागि माओवादी पार्टीले चलाएको महान् जनयुद्धमा सामेल हुन पनि माओवादी पार्टीले पर्चामार्फत आह्वान गरेको छ ।


भिडियो फिचरview all