menu

ताजा समाचार

भाकपा (माओवादी) द्वारा बन्दको आह्वान

गत अक्टोबर २४ तारिखका दिन भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा आफ्ना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको विरोधमा  भारतीय कमयुनिस्ट पार्टी (माओवादी) ले यही नोभेम्बर ३ तारिख बुधवारका दिन पार्टीको तीव्र प्रभाव भएका  ५ राज्य आन्ध्र,  तेलङ्ना, ओडिसा, छत्तीसगढ, महाराष्ट्र बन्दको घोषणा गरेको छ । भाकपा (माओवादी) केन्द्रीय डिभिजन प्रवक्ता कमरेड प्रतापद्वारा जारी वक्तव्यमा बन्दको आह्वान गर्दै सो नरसंहारमा आन्ध्र–उडिसा सरकारलाई प्रमुख दोषी ठहर्याइएको  छ । र अलिकति पनि विचलित नभई यसको बदला लिने घोषणा गरिएको छ ।

वक्तव्य अनुसार माओवादी आन्दोलनको ४० वर्षमा यो सबैभन्दा गम्भीर घटना र ठूलो नोक्सान हो l सो घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र आफ्ना होनहार नेता तथा कायकर्ता गुमाउनु परे पनि अलिकति पनि विचलित नभई पार्टी अघि बढ्ने प्रतिबद्धता जनाइएको छ । जिल्ला पार्टी तथा केन्द्रीय  डिभिजनले सो घटनामा पक्राउ परेका कमरेड रामकृष्णसहितका कमरेडहरूलाई सार्वजनिक गर्न पनि माग गरेको छ ।


कमरेड प्रतापको वक्तव्यमा बन्दलाई सफल पार्न आमजनमानसलाई अनुरोध गरिएको छ । सो घटनामा राज्यस्तर ३ जना र अरू जिल्लास्तरका कार्यकर्ता रहेका छन् । कमरेड दया, गणेश, माओवादी नेतृ कमरेड अरूणा, आन्ध्र–उडिसा सीमा क्षेत्रका सैन्य कमान्डर गुजरला अशोक उर्फ कमरेड उदय केन्द्रीय नेता कमरेड रामकृष्णका छोरा कमरेड मुन्ना, कमरेड रेणु, मधु  तथा प्रजाकला मण्डलीका बहुचर्चित कलाकार प्रभाकर प्रमुख रहेका छन् । ११ जनालाई घाइते अवस्थामा पक्राउ गरी निर्मम किसिमले  हत्या गरिएको र गृहमन्त्री राजनाथको भ्रमणपछि यो घटना घटेको उल्लेख गरिएको छ । षडयन्त्र र कोबार्ट अप्रेसनद्वारा क्रान्तिकारीहरू सिध्याउन गरिएका कुकृत्यहरूको ठूलो मूल्य चुकाउनु पर्ने कुरा पनि वक्तव्यमा उल्लेख छ । यसैबीच सो घटनामा सहादत प्राप्त गर्नेको सङ्ख्या ३० पुगेको कुरा पनि  समाचारमा  जनाइएको छ । 
भिडियो फिचरview all