menu

ताजा समाचार

नरसंहारकारी मोदी सरकार मुर्दावाद: आइसिएसपिडब्लुआइ

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै  साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस कार्यमा अग्र पङ्क्तिमा देखिएका छन् । यो सम्मेलन आफ्नो मुलुकभित्रका जनतामाथि दमन गर्ने र  अल्प विकसित र कमजोर मुलुकहरूमाथि आर्थिक-राजनीतिक हस्तक्षेप गरी आफ्नो नवऔपनिवेशिकता लाद्ने मुलुकहरूको ससम्मेलन भएकाले यसको विरोध गर्नु आवश्यक छ भन्ने तर्क उनीहरूको छ ।

यो सम्मेलनले गर्ने निर्णय, नीति र योजनाहरू धनाढ्य मुलुकहरू तथा साम्राज्यवादी मुलुकहरूको हितसित सम्बद्ध हुने  र अनेक नाम दिएर उत्पीडित मुलुकहरूमाथि आर्थिक र राजनीतिक दमन गरिने हुनाले  यो सम्मेलन केही सीमित मुलुकहरूले कसरी विश्वमा आफनो वर्चस्व कायम गर्ने नीतिसित सम्बद्ध छ भन्ने ठहर पनि उनीहरूको छ । 

यसैबीच भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ''आइसिएसपिडब्लुआइ'' ले ‘अपरेसन ग्रिन हन्ट’ र हिन्दुवताका नाममा भारतीय उत्पीडित जनतामाथि निर्मम दमन गर्ने मोदीको जि-२० सम्मेलनमा सहभागिताप्रति विरोध जनाउँदै ६ जुलाईका दिन एक विज्ञप्ति प्रकाशित गरेको छ ।

 सो विज्ञिप्तिमा, धर्मका नाममा भारतमा अल्पसङ्ख्यक मुस्लिम, दलित र आदिवासीहरूमाथि एकातिर तीव्र दमन भइरहेको छ भने अर्कातिर उत्पीडित जनताका पक्षमा लडिरहेका माओवादीहरूका विरुद्ध आम नरसंहार मच्चाइएको कुरा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ :
 “जि-२० को सम्मेलनमा मोदीको सहभागिता भनेको आफ्नो देशका उत्पीडत जनतामाथिको दमनलाई अझ तीव्र बनाउन र निरन्तरता दिन साम्राज्यवादी मुलुकहरूको सहमति र सहयोगको आधार बनाउनु हो ।
 
हाम्रो जिम्मेवारी भनेको साम्राज्यवादको आडभरोसामा आफ्नै जनताको नरसंहार गरिहेको मोदी सरकारका विरुद्ध विश्वव्यापी जनमत निर्माण गर्नु हो । हामी  साम्राज्यवाद र त्यसको दलाल मोदी सरकारका विरुद्ध नयाँ जनवादी गणतन्त्रका लागि जनयुद्ध लडिरहेका भारतीय उत्पीडित जनता  र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को पक्षमा दृढताका साथ उभिन्छौँ ।”

सो वक्तव्यमा :  नरसंहारकारी मोदी मुर्दावाद, अपरेसन ग्रीनहन्ट मुर्दावाद, साइबाबा, अजिथ र कोबाध गान्धीलगायतका राजनीतिक बन्दीहरूलाई अबिलम्ब रिहाइ गर, नक्सलबाडी विद्रोहको ५० वर्ष जिन्दावाद र भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ भनेर पनि आह्वान गरिएको छ ।


भिडियो फिचरview all