menu

ताजा समाचार

दार्जिलिङ कहाँ छ ?

रवि रोदन







जहाँ वर्षौँदेखि
आँखामा सपना सजाउँदै
बिहानैबिहानै
आमाहरू डोको लिएर
बगानमा जान्छन्
दार्जिलिङ त्यहीँ छ
०००
युद्ध जितेर पनि
शताब्दीयौँदेखि हारेका मान्छेहरू
जहाँ बस्छन्,
दार्जिलिङ त्यहीँ छ ।
०००
घरको आँगनमा
उभिएर आफ्नै मान्छेहरू
जसलाई विदेशी भन्छन्
दार्जिलिङ त्यहीँ छ ।
०००
छलकपट
क्रोधलाभ
सन्त्रास र विषादमुनि
दबिएका मान्छेहरू जहाँ छन्
दार्जिलिङ त्यहीँ छ ।
०००
निन्द्राबाट ब्युझिनेबित्तिकै
जहाँ सपनाहरू छरपस्ट हुन्छन्
दार्जिलिङ त्यहीँ छ ।
०००
मिर जाफरको कठपुतली बनेर
जहाँ मान्छेहरू नाच्न थाल्छन्
महाशय,

दार्जिलिङ त्यहीँ छ ।

('जनज्वार' : हिन्दीबाट अनुवाद)
भिडियो फिचरview all