menu

ताजा समाचार

माओवादीसितको भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ मरणासन्न

भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको जङ्गलमा माओवादी दबाउन बनाइएको कोब्रा फोर्ससहितको  विशेष कमान्डो फोर्स र माओवादी छापामार सेनाबीच आज शनिवार दिउँसो १ बजे भएको दोहोरो भिडन्तमा  कमान्डो फोर्सका ३  जनाको मृत्यु  ७ जना  मरणासन्न अवस्थामा रहेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल पुर्याइएको कुरा  भारतीय संचारमाध्यमहरूले जनाएका छन् । माओवादी दमन अप्रेसनबाट फर्किन्दै गरेको बेला भएको सो भिडन्त निकै लामो समयसम्म चलेको  र घटनाको पूर्ण विवरण आउन बाँकी रहेको कुरा पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केही दिनअघि मात्र भारतीय फासिवादले माओवादी नेताहरूको टाउकोको मोल तोकेको र पैसाको लोभमा निर्दोष गाउँलेको हत्या हुन थालेको  घटनालाई लिएर जनताले सो क्षेत्रमा विरोध प्रदर्शन गरेको सन्दर्भमा घटेको यस घटनाको सही जानकारी सरकारले बाहिर नल्याएको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।  

भिडियो फिचरview all