menu

ताजा समाचार

देवकोटाको सम्झनामा 'चुकुल' र 'माओत्सेतुंग'

आजकै दिन बिक्रम सम्बत १९६६ मा काठमाडौंको मैतीदेवीमा देवकोटा परिवारमा जन्मेको एउटा पात्र  पछि नेपाली साहित्यसंसारमा महा कवि लक्ष्मीप्रसाद देवकोटाका नामले प्रसिद्ध भयो । कवि र निबन्धकारका रूपमा बढी चिनिने महान् स्रष्टा, विद्रोही व्यक्तित्त्व लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा हामीले यहाँ उनका दुइटा कविता 'चुकुल' र माओत्सेतुंग प्रस्तुत गरेका छौं ।

. चुकुल

जनतन्त्रलाई पुँजी राज्दछ !
पुँजी विभाज्दछ !
नेता भैकन पुँजी गाँज्दछ !
हाय ! सहेको किन यो भूल ?
मिल ए गरिब ! मिल ए दीन !
मिल ए दुःखी !
मिल ए हीन !
फ्याँक्क उखेल
चुकुल !
०००

२. माओत्सेतुङ
एउटा शान्त मानवीय गौरव
उसको उपस्थितिबाट प्रस्फुटित भैरहेको थियो ।
लाखौँ करौडौँको आवाजबाट उसले बोलेको छ
कुनै महासागरको गर्जनझैँ
र त्यस अक्टुबर दिवसमा
एउटा गहिरो क्रान्तिकारी खैलाबैला छाएको थियो
जुन दिन मुक्तिले आफ्नो शरीर बाँध्ने सिक्रीहरू चुँडालेर छ्यालब्याल पार्दै
जाग्रत पूर्वलाई उभिने र आनन्दोत्सव मनाउने आह्वान गरिन् ।
आफ्नै सङ्घर्ष र अनुभवबाट शिक्षित–दीक्षित भएको ऊ शक्ति–रूप हो
पृथ्वी ज्योति धमिलिँदै झुसिँदै गएका बेला
भिडियो फिचरview all