menu

ताजा समाचार

भारतीय माओवादी आन्दोलनबारे महत्वपूर्ण पुस्तक: ' स्टर्मिङ दि गेट्स अफ हेभेन'

 भारतीय माओवादी आन्दोलनलाई लिएर भारतीय तथा विदेशी लेखकहरूले थुप्रै पुस्तकहरू लेखेका छन् । यस्ता पुस्तकहरूमध्ये निकै आधिकारिक र माओवादी आन्दोलनको पछिल्लो कडीसम्म जोडिएको पुस्तक हो स्टर्मिङ दि गेट्स अफ हेभेन । कलकत्ताको जादवपुर विश्वविद्यालयका इतिहासका प्राध्यापक अमित भट्टाचार्यद्वारा लेखिएको यो पुस्तक मूलतः भारतको नक्सलबाडी आन्दोलनको इतिहास  र यसको माओवादी आन्दोलनमा भएको विकासको अभिलेख हो ।

प्राध्यापक भट्टाचार्यद्वारा भारतीय माओवादी आन्दोलनका अध्येता र अनुसन्धाकर्ता हुन् । यस विषयमा थुप्रै फुटकर लेखरचना लेखेका उनले विदेशमा गएर विभिन्न विचारगोष्ठीमा समेत भारतीय माओवादी आन्दोलनका सम्बन्धमा कार्यपत्र  प्रस्तुत गर्नुका साथै प्रवचनसमेत दिएका छन् । चिनियाँ कम्युनिस्ट आन्दोलन लगायत मार्क्सवाद र इतिहाससम्बन्धी उनका थुप्रै पुस्तकहरू प्रकाशित छन् । उनले  भारतीय फासिवादले  जनतामाथि लादेको राज्यआतङ्कका विरोधी आभियानको अगुवाइ गरेका छन् । बिनायक सेन तथा प्रा. साइबाबाको रिहाइका पक्षमा उनले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको छ  ।

जम्मा १३ ओटा अध्यायमा लेखिएको यो पुस्तकको पहिलो अध्याय ‘परिचय’ हो । दोस्रो अध्यायमा सामग्री स्रोतको जानकारी दिइएको छ । तेस्रो अध्ययामा नक्सलबाडी आन्दोलन र यसको राजनीति, समाज, इतिहास र संस्कृतिमा परेको प्रभावको चर्चा गरिएको छ । चौथो अध्यायकमा बिहारको सशस्त्र सङ्घर्षको चर्चा छ । पाँचौ अध्ययामा १९७२ देखि २००४ सम्मको इतिहास छ । यो भनेको चारु मजुमदारको मृत्युपछि  माओवादी पार्टी गठनसम्मको इतिहास हो । यसमा चारुको मृत्युपछि देखापरेका भडकावहरू, फूट र विभाजन अन्तरसङ्घर्ष लगायत एकीकृत माओवादी पार्टी निर्माणको इतिहास छ । छैटौँ अध्यायमा माओवादी पार्टीसम्बद्ध सांस्कृतिक मोर्चा  लगायत विभिन्न जनवर्गीय सङ्गठनहरूको चर्चा छ । सातौँ अध्यायमा महिला र क्रान्तिसम्बन्धी चर्चा गरिएको छ । आठौँ अध्यायको शीर्षक 'माओविचारधाराबाट माओवादका सङ्क्रमण' भन्ने रहेको छ । नऔँ अध्ययमा जन सेना तथा जनसत्ताको चर्चा गरिएको छ । र दशौँ अध्याय समापन अध्याय हो ।

पुस्तकको संरचना अनुसन्धानमूलक छ भने कतिपय सन्दर्भमा आलोचनात्मक दृष्टि पनि राखिएको छ । कार्ल मार्क्सले पेरिस कम्युनका कम्युनार्डप्रति व्यक्त गर्नुभएको वाक्य स्टर्मिङ दि गेट्स अफ हेभेनलाई टिपेर शीर्षक राखिएको ५८० पृ. को यो पुस्तक  अध्ययन-अनुसन्धानका दृष्टिले निकै महत्वपूर्ण छ । त्यस समयका महत्वपूर्ण दस्ताबेज तथा फोटाहरूसमेत संलग्न गरिएकाले पुस्तक निकै रोचक बनेको छ ।
पुस्तकसम्बन्धी मन्तव्यमा लेखकले भनेका छन् :
“ यो पुस्तक त्यो मूर्ख बूढो मान्छे  चारु मजुमदारलाई समर्पित छ, जसले स्वर्गको सिंहासनमाथि  धावा बोल्ने साहस गरेको थियो  थियो र उसले भारतीय क्रान्तिको सपना मात्र देखेन, बरु थुप्रैलाई सपना देख्नका लागि प्रोत्साहित पनि गर्यो  ।”


भिडियो फिचरview all