menu

ताजा समाचार

बरबर राव गिरफ्तार, माओवादी नेताको चुनौतीपूर्ण वक्तव्य

गत सोमबार भारतको आन्ध्र–उडिसा सिमानामा पर्ने मलकानगिरी जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ जना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको घटनाका सन्दर्भमा थप जानकारी  प्राप्त भएको छ ।  सो घटनामा जन नाट्य मन्डलीका लोकप्रिय  कलाकार प्रभाकरको शहादत भएको छ भने मारिए भनिएका आन्ध्र–उडिसा क्षेत्रका सेक्रेटरी कमरेड रविलाई पक्राउ गरिएको समाचार छ । सो घेराबन्दीबाट भाग्न सफल भएका भनिएका र प्रहरीको विशेष खोजीमा रहेका केन्द्रीय नेता आरके नामले चर्चित केन्द्रीय नेता कमरेड रामकृष्णलाई पनि प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ । उहाँको  सुरक्षा दस्ताको सदस्य उहाँकै छोरा कमरेड मुन्नाको भने हत्या भएको छ ।
 
कमरेड आरकेसहित बन्दी बनाइकाहरूलाई सार्वजनिक गर्न, घटनाको सहीसही विवरण बाहिर ल्याउन र राज्यआतङ्क बन्द गर्न बिहिबार प्रशिद्ध कवि, लेखक तथा नागरिक अधिकार कर्मी बरबर रावको नेतृत्वमा एनटिआर भवनसामु विशाल जुलुसले नाराबाजी गरिरहेको समयमा पुलिसले लाठीचार्ज गरेपछि दोहोरो ढुङ्गा हानाहान भएको थियो  । स्थिति निकै तनावग्रस्त भएपछि बरबर रावसहित जुलुसमा सहभागी थुप्रैलाई  पक्राउ गरियो । यसै क्रममा रावले पक्राउ परेका माओवादी नेता आरके, रबिलगायतका  नेताहरूलाई सार्वजिनक गर्न र अदालतका सामु प्रस्तुत गर्नुपर्ने कबुरामा जोड दिए । विशाखापट्टमका प्रहरी प्रमुखले कसैलाई पक्राउ गरेका छैन भने पनि आरकेसहितका नेताकार्यकर्ताहरूलाई पक्राउ गरिएको र उनीहरूलाई अविलम्ब सार्वजनिक गरिनुपर्ने माग अहिले जनस्तरबाट उठेको छ ।

यसैबीच भारतीय कम्युनिस्ट पार्टी (माओवादी) पूर्वी डिभिजन कमिटीका सेक्रेटरी कैलासले अडियो वक्तव्य जारी गर्दै कमरेड जि. रामकृष्णलाई  प्रहरी हिरासतमा राखिएको र उहाँलाई अविलम्ब सार्वजनिक गर्न माग गरेका छन् । उनले विदेशी लुटेराहरूको सम्पति सुरक्षाका नाममा जनतामाथि आतङ्क मच्चाइएको ‘अपरेसन ग्रीनहन्ट’का विरद्ध उभिन पनि आह्वान गरेका छन् । उनले मलकानगिरि घटनाबाट आफ्नो पार्टी अलिकति पनि विचलित  नभएको र जनताको बलमा सो घटनाको पार्टीले बदला लिएरै छाडने चुनौती पनि दिएका छन् ।  माओवादी नेताहरूको हत्या गरे पनि पार्टी जुनसुकै किसिमको स्थितिको सामना गर्न तयार रहेको कुराको पनि उनले उल्लेख गरेका छन् ।

 यसैबीच हिजो बिहिबार आन्ध्रमा माओवादी समर्थक जनसमुदाय, बुद्धिजीवी तथा  लेखकहरूले विशाल विरोध जुलस प्रदर्शन गरेका छन् । राता तुल र झन्डा लिएका जनताले मलकानगिरि घटनामा सहिद भएकी महिला कमरेड ममता ममताको मृत शरीरलाई  अग्र पङ्क्तिमा राखेका थिए ।
भिडियो फिचरview all