menu

ताजा समाचार

रगतले लेखिएको एउटा कविता

चारु मजुमदारको हत्यापछि नक्सलबाडी आन्दोलन एक हिसाबले नेतृत्वविहीन अवस्थामा पुग्यो । कतिपयमा निरासाभाव र पलायनवादी प्रवृत्ति देखिन थाल्यो । पार्टीमा दक्षिणपन्थीहरू हाबी हुनथाले । पश्चिम बङ्गालको  सरकार हत्या र जनदमनको पर्यार्य बनेको थियो । चारैतिर हत्या र आतङ्क थियो । कतिबेर कसको हत्या  हुन्छ टुङ्गो थिएन ।  जेल आफैँमा एउटा  प्रतिरोध मोर्चा बनेको थियो । जो जहाँ छ र  जोसित जे छ, त्यसैले लडिरहेका थिए मान्छेहरू । ३ मे, १९७५ दिन  हावडा जिल्लाको जेलमा क्रान्तिकारी राजबन्दी प्रबीर राय चौधरीसहित पाँच जना युवा बन्दीको हत्या भएको समाचार फैलियो । यो समाचार सुनेपछि  प्रेसिडेन्सी जेलका युवा राजबन्दीहरूले ढुङ्गा घोटेर तयार पारेको पेन्सिलले भित्तामा यस्तो कवितात्मक अभिव्यक्ति व्यक्त गरेका थिए :

तिमीहरू चुपचाप बस,
यहाँ सुतेको छ मेरो भाइ ।
निरास मन र उदास अनुहार लिएर उसलाई नबोलाओ,
किनभने, ऊ आफैँमा एउटा मुस्कान हो ।
फूलले उसको शरीरलाई नढाक,
फूलमाथि फूल चढाएर के फाइदा ?
सक्छौ भने
उसलाई आफ्नो मुटुको गहिराइमा राख
थाहा पाउनेछौ,
मुटुबाट आएको चरीको चिरविरले
तिमीहरूको निदाएको छाती ब्युँझनेछ
सक्छौ भने,
आँसुका थोपाहरू देऊ
र देऊ आफनो शरीरको सारा रगत ।
000

भिडियो फिचरview all