menu

ताजा समाचार

माओवादी दबाउन इजराइली सेना र हतियारको प्रयोग

हत्या र आतङ्कका सबै उपायहरू प्रयोग गर्दा पनि यताका दिनमा  गाउँ र आदिवासी क्षेत्रमा  मात्र नभई सहरी क्षेत्रमा पनि माओवादी आन्दोलन विस्तारित हुन थालेपछि भारतीय प्रतिक्रियावादले दमन र हत्याका लागि कुख्यात बनेको इजराइली नीति र फौजी पद्धतिलाई माओवादी दबाउन प्रयोग गर्ने भएको छ । प्यालेस्टिनी जनता विरुद्ध आतङ्क र  हत्यामा कुख्यात बनेको इजराइली सैन्य शैली मात्र नभएर यसले इजराइली सैन्य प्रशिक्षण र हतियारसमेत माओवादीका विरुद्ध प्रयोग गर्ने छ ।
 
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार पहिलो चरणमा यसको प्रयोग माओवादीहरूको सबैभन्दा पुरानो मजबुत किल्ला र  अहिले पनि त्यत्तिकै सशक्त आधारक्षेत्र आन्ध्र-ओडिसा बोर्डर (एओबी) क्षेत्र हुनेछ र यसको पहिलो क्याम्प विशाखापटट्ममा हुनेछ । यसका लागि केन्द्र सरकारले नीति निर्माणका साथै अपरेसन कमान्डका लागि सुरक्षा सल्लाहकार समितिका सदस्यलाई त्यहाँ पठाएको छ ।

टाइम्स अफ इडियाका अनुसार पहिले इजरायली टिमले समग्र भूगोल र जनजीवनको अध्ययन-निरीक्षण गरीसकेको छ l उसले  सर्विलेन्स, सर्वे र अप्रेसनसहितको   समग्र योजना तयार पार्नेछ ।  त्यसपछि यो योजनालाई ओडिसा, झारखण्ड र छत्तिसगढमा लागु गरिने  छ । यसका लागि  सिपिआइ (एम) को राज्य सरकार भएको ठाउँलाई पहिलो प्रयोगका रूपमा लिइएको छ । अहिले भएका हतियार भन्दा इजराइली हतियार यस किसिमको दमनका लागि बढी प्रभावकारी हुने निष्कर्ष पनि भारतीय प्रतिक्रियावादको रहेको छ ।

यसको तयारीका लागि एउटा टिम इजरायल जाने र हतिया र तथा प्रशिक्षणसम्बन्धी सहमति गरेर आउने कुरा पनि समाचारमा जनाइएको छ । यसैबीच माओवादीको आधारक्षेत्र आन्ध्र-ओडिसा बोर्डरमा दुइटा  प्रहरी आउटपोस्ट थप्ने निर्णय भएको कुरा पनि  समाचारमा उल्लेख छ ।   

भिडियो फिचरview all