menu

ताजा समाचार

जनयुद्ध समर्थन कमिटीको आह्वान

 सन् १९६० को दशकमा भारतमा कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलबाडी सशस्त्र किसान विद्रोहको आरम्भ भएको थियो । नक्सलबाडी सशस्त्र किसान विद्रोह भारतको पश्चिम बङ्गालको नेपालसित सिमाना जोडिएको एउटा गाउँ नक्सलबाडीबाट आरम्भ भएको भए पनि यो विश्व सर्वहारावादी आन्दोलनको  एउटा अंशका रूपमा परिचित र स्थापित भयो । यसले यस क्षेत्रलाई मात्र नभई सिङ्गो विश्व सर्वहारा वर्गलाई नै नयाँ ऊर्जा र दिशा बोध गरायो । यसको आरम्भ भएको ५० वर्ष पूरा भएको सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो देशको विशिष्टतामा यो वर्ष विशेष कार्यक्रम गर्ने निर्णय गरेका  छन् । नक्सलबाडी सशस्त्र किसान विद्रोहको ऐतिहासिक महत्व र यसले प्रदर्शित गरेको सार्वभौम मूल्यका सम्बन्धमा विचारगोष्ठीहरू, जनसभा तथा प्रकाशन कार्यहरू गरिने कुरा पनि सम्बद्ध संस्थाहरूबाट थाहा हुन आएको छ ।

यसै क्रममा भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्ने उद्देश्यले निर्माण भएको कमिटी ‘इन्टर्नेस्नल ‘कमिटी टु सर्पोट दि पिपुल्स वार इन इन्डिया’ (आइसिएसपिडब्लुआइ) ले यही मे २० देखि २७  सम्म विशेष सप्ताहका रूपमा ‘नक्सलबाडी किसान विद्रोहको ५० वर्ष’ सम्बन्धी विशेष कार्यक्रम तय गरेको छ । त्यसैगरी इटालीमा सेप्टेम्बर ३ मा अन्तर्राष्ट्रिय विशेष सेमिनारको आयोजना हुने कुरा पनि सो संस्थाले जनाएको छ ।

भिडियो फिचरview all