menu

ताजा समाचार

सोह्रजना माओवादी मारिएको समाचार कपोलकल्पित

यही  १६ मेका दिन भारतीय सञ्चारमाध्यमहरू त्यसमा पनि सत्ताधारीहरूको पक्षमा रहेका ‘हिन्दुस्तान टाइम्स’ र ‘इन्डियन एक्सप्रेस’ जस्ता पत्रिकाका अनलाइन संस्करणहरूले सिआरपिएफ र माओवादीबीच भएको भिडन्तमा १६ जना माओवादीको मृत्यु भएको भनेर होहल्ला गरे र भारतीय माध्यमहरूलाई आधार मानेर नेपालका कतिपय सञ्चारमाध्यमहरूले पनि सोही होहल्लालाई दोहोर्याए । तर त्यो समाचार पूर्णरूपमा झूठो र आफ्नो  असफलतालाई ढाकछोप गर्न र जनमानसमा भ्रम पार्न गरिएको षड्यन्त्र मात्र थियो भन्ने कुरा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

छत्तिसगढ राज्यको सुक्मा घटनापछि आत्तिएर नयाँ योजनाका साथ थप कोब्रा शक्तिसहित संयुक्त कम्बिङ अपरेसनमा गएको फोर्सले  “गाँउँलेलाई धम्क्याउनु, आतङ्कित पार्नु, समातेर ल्याएर बयान लिएपछि हत्या गर्नु  तथा पहिले नै आत्मसमर्पण गरेर निष्क्रिय बसेका लाई आत्मसमर्पण गरेको भन्नुबाहेक केही पनि गर्न नसकेको  र आफ्नो असफलतालाई ढाकछोप गर्न कपोलकल्पित समाचार बनाएर आदिवासी जनतालाई आतङ्कित पार्न खोजेको र आम जनतामा भ्रम उत्पन्न गर्न खोजेको ” भनेर वक्तव्यमा उल्लेख छ ।

करिब २०० ओटा अपरेसन गरिएको भनिएको  र १६ जना भिडन्तमा मारिएको भनिए पनि एउटा पनि लास फेला नपर्नु र “लास माओवादीले नै लगेको” भनिएकाले भिडन्तको कथा सही नभएको, बरु उल्टै कतिपय जवान घाइते भएको कुरा पनि भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।
नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सवको विशेष अवसरमा माओवादीहरूबाट मे महिनामा विशेष कारबाहीहरू हुन सक्ने भनेर सरकार आफैँ आतङ्कित बनेको कुरा पनि समाचार माध्यहरूले जनाएका छन् ।


भिडियो फिचरview all