menu

ताजा समाचार

क्रान्तिकारी माओवादी विरुद्ध नेकपाको उजुरी

विश्वका क्रान्तिकारीहरूलाई  एउटै झण्डामुनि गोलबद्ध गर्ने र नयाँ अन्तराष्ट्रियका रूपमा त्यसको विकास गर्ने हेतुले सन् १९८४ मा गठन भएको ‘रिभोलुस्नरी इन्टर्नेस्नलिस्ट मुभमेन्ट’ अर्थात्  ‘रिम’ एक हिसाबले विघटन भइसकेको स्थितिमा युरोपेली माओवादीहरू त्यसमा पनि रिमको संस्थापक सदस्यमध्ये एक माओवादी पार्टी इटालीले संसारभरिका माओवादीहरूलाई एकै ठाउँमा ल्याउने प्रयासको कार्यलाई अगाडि बढाउने उद्देश्यले ‘माओइस्ट रोड’ नाम दिएर  / (http://maoistroad.blogspot.com)  वेबसाइट सञ्चालन गरेको छ । मे ११ मा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट चिठी, ‘नेपाल–लेटर अफ कम्युनिस्ट पार्टी अफ नेपाल फर मे डे ज्वाइन्ट डिक्लरेसन’ शीर्षकमा एउटा सामग्री प्रकाशित भएको छ । प्रकाशित सामग्री यस प्रकार छ ।

प्रिय कमरेडहरू, मैले मे डे संयुक्त घोषणापत्र देखेँ । यसरी संयुक्त वक्तव्यमार्फन एकजुट हुने हस्ताक्षरकर्ता पार्टी तथा सङ्गठनलाई म शुभकामना दिन चाहन्छु ।
नेपाली जनता विरुद्ध धोकाघडी पछि संसदीय राज्यव्यव्स्थाद्वारा आयोजना गरिएको कथित स्थानीय चुनाव बहिष्कार गर्न  यतिबेर हामी व्यस्त छौँ । यो अभियान अहिले जोडदाररूपमा अघि बढिरहेको छ र देशेभरिबाट हाम्रा १५० जना नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । चाखलाग्दो कुरा के छ भने नेपालको तर्फबाट हस्ताक्षरकर्ताहरूको तपाईँहरूको सूचीमा त्यस्ता साथीहरू पनि छन्, जो क्रान्तिकारी उपयोगका नाममा पतनशील संशदीय राजनीतिलाई पुर्नस्थापित गर्न चुनावमा भाग लिइरहेका छन् । हामी  तपाईँलाई पछि लेख्नेछौँ ।
इन्टर्नेस्नल ब्युरो
कम्युनिस्ट पार्टी अफ नेपाल

 नेपालमा नेपाल कम्युनिस्ट पार्टी भनेर ऋषि कट्टेलले नेतृत्व गरेको र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको दुइटा पार्टी छन् । यो चिठीमा लेखिएको व्यहोरा पढ्दा सो चिठी नेकपा 'विप्लव समूह' ले लेखेको भनेर बुझन् सकिन्छ ।

नेकपाको अन्तर्राष्ट्रिय ब्युरोका नाममा लेखिएको चिठीको सन्दर्भ गत मे दिवसका दिन  विश्वका २३ ओटा माओवादी पार्टीहरू तथा सङ्गठनहरूको सहभागिता र संयुक्त हस्ताक्षरसित रहेको देखिन्छ । आरम्भमा यस किसिमको प्रयासको सराहना गर्दै शुभकामना भनिएको छ र अन्त्यमा क्रान्तिकारी उपगयोग भन्दै संसदीय राजनीतिलाई बलियो बनाउन चुनावमा भाग लिएको पार्टीलाई संयुक्त घोणपत्रमा किन हस्ताक्षर गराएको भनेर अशन्तुष्टी जाहेर गरिएको छ  ।

 यो चिठी सार्वजनिक रूपमा पठाइएको थियो अथवा आन्तरिक रूपमा, प्रस्ट छैन । तर चिठी यसरी खुलारूपमा आएपछि यो सबैको चासो र टिप्पणीको विषय बन्नु स्वाभाविक छ । 'माओइस्ट रोड' उजुरी हाल्ने आधिकारिक निकाय अथवा केन्द्र होइन । मे दिवस घोषणा सन्दर्भ मात्र नभएर सबै क्रान्तिकारी माओवादीहरूलाई समेटेर अघि बढ्नुपर्छ भन्ने उसको प्रयास र पहल हो । हरेक वर्ष मे दिवसका लागि  एउटा ड्राफ्ट तयार पारिन्छ र त्यसलाई थपघट पार्न र सुझाव दिन सबै सदस्यलाई पठाइन्छ । २०११ पछि नेपालमा कुनै पनि माओवादी पार्टीका तर्फबाट आधिकारिक सही भएको  छैन । बरु सन् २०१३–२०१५ का घोषणापत्रहरूमा ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ का तर्फबाट डा. ऋषिराज बरालले सही गरेको पाइन्छ र  २०१६ मा कम्युनिस्ट न्युक्लिअस र यो वर्ष पुनर्गठित न्युक्लिअस  र नेकपा (क्रान्तिकारी माओवादी) को हस्ताक्षर रहेको छ   ।

त्यसैले मे दिवश घोषणापत्र सहमत हुने सबैको  साझा  दस्ताबेज हो । विप्लव समूहसम्म यो पुगेन होला भन्न सकिँदैन । यसमा ‘माओइस्टरोड’ लाई गुनासो गर्नु अथवा चिठी पठाउनुको अर्थ छैन । ''हामी चुनाव बहिष्कार गर्ने नेकपा (क्रान्तिकारी माओवादी) लाई महत्व दिने, हाम्रो चाहिँ  सही नहुने, तर भाग लिनेको सही हुने भनेजस्तो पनि देखिन्छ । नेकपा (क्रान्तिकारी माओवादी) ले चुनावको क्रान्तिकारी उपयोग गर्ने कुरा ‘माओइस्टरोड’ लाई जानकारी भएर पनि हस्ताक्षर भएको हो भन्ने कुरा यहाँ स्मरणीय छ l

चुनाव खारेजको नीतिका  कारण देशव्यापी भएको धरपकडलाई अन्तर्राष्ट्रियकरण गर्ने, हाम्रोबारेमा पनि केही बोलिदेउ भन्न अथवा अन्तर्राष्ट्रिय प्रचारमा आफूलाई ल्याउन पनि नेकपा  'विप्लव समूह' ले यसरी उजुरी हालेको हुनसक्छ । तर जुन पद्धति र प्रक्रिया नेकपा, 'विप्लव समूह' ले अँगाल्यो, त्यो टिप्पणी गर्नलायक मात्र नभएर आलोच्य पनि छ । को सही, को बेठीक भन्ने कुरा मिटिङ, भेला अथवा आन्तरिक भेटघाटमा उठाउन सकिन्छ, तर यसरी सार्वजनिक रूपमै देखापर्नुलाई स्वाभाविक भन्न सकिन्न ।

विप्लव समूहका मार्क्सवाद विरोधी उत्तरवादी चिन्तन र अन्य थुप्रै विषयमा कुरा उठाउन सकिन्छ l तर यो सही स्थान होइन l
''interestingly signitories from Nepal in your list are those friends who are taking part in the election to restore the decadent parliamentary system though in the name of revolutionary utilization.''

“चाखलाग्दो कुरा के छ भने नेपालको तर्फबाट हस्ताक्षरकर्ताहरूको तपाईँहरूको सूचीमा त्यस्ता साथीहरू पनि छन्, जो क्रान्तिकारी उपयोगका नाममा पतनशील संशदीय राजनीतिलाई पुर्नस्थापित गर्न चुनावमा भाग लिइरहेका छन् ।''

माथि उल्लेखित भनाइ साँच्चिकै गम्भीर छ l

वास्तवमा यहाँ जुन पदावलीहरू प्रयोग गरिएको छ, त्यो आपत्तिजनक छ l 'हस्ताक्षर गर्नेहरू' भनिएको छ, र २३ संस्थाहरूमध्ये कम्युनिस्ट न्युक्लिअस र नेकपा (क्रान्तिकारी माओवादी)  छन् l संसदीय व्यवस्था 'रिस्टोर' अर्थात् पुनर्स्थापनाला लागि चुनावमा भाग लिएका छन् भनेको छ l यहाँ एकवचन नभएर वहुबचन प्रयोग छ l

'चुनावको क्रान्तिकारी उपयोग' ''संसदीय व्यवस्था 'रिस्टोर' अर्थात् पुनर्स्थापनाला लागि'' भन्नु आफैमा अचम्मको विषय भएको छ l समाजवादी व्यवस्था भएको भए पो  संसदीय व्यवस्था 'रिस्टोर' गर्नु थियो, यहाँ त पहिले नै 'शान्ति प्रक्रिया' देखि  नै संसदीय व्यवस्था छ, 'रिस्टोर' गर्ने कुरै छैन l दोस्रो कुरो 'चुनावको क्रान्तिकारी उपयोग' भनेर भन्ने नेकपा (क्रान्तिकारी माओवादी)  को देजमोको घोषणापत्रमा  पनि 'रिस्टोर' गर्ने कुरा छैन l अन्तर्राष्ट्रिय ब्युरोले,  फेसबुक मा लेख्ने एकथरी हुल्लड़बाजहरूको शैलीझैं गरी किन यस्तो लेख्यो ? अचम्म छ !

अहिलेको समय समझदारी र सहमतिको हो । चुनाव कार्यनीतिक प्रश्न हो । यसलाई लिएर उजुरी हाल्नुले दुई पार्टीबीचको सम्बन्धमा अनावश्यक तनाव र फराकिलो मतभेद उत्पन्न हुनसक्छ ।  नमिलेको कुरा मिलाउने, प्रस्ट नभएका कुरा प्रस्ट हुने र गल्तीकमजोरी सच्याउँदै नजिक हुनुपर्ने आवश्यकता सर्वत्र     बोध गरिएको अवस्थामा अनाधिकार स्थानमा अमुकले संसदीय व्यवस्थालाई पुनर्स्थापना गर्न लागेको हुँदा किन सहीछाप गराएको भनेर उजुरी शैलीमा सार्वजनिक चिठी प्रकाशित गरिनु अवश्य पनि सही र स्वाभाविक प्रक्रिया मान्न सकिँदैन । यसले दूरी मात्र बढाउँछ ।
 



भिडियो फिचरview all