menu

ताजा समाचार

प्राध्यापक साइबाबाको रिहाइका लागि ग्रिसेली बुद्धिजीवीहरूको अपिल

माओवादीहरूलाई सहयोग गरेको अभियोग लगाएर भारतीय फासिवादी सत्ताले आजीवन कारावासको सजाय तोकेर हाल महाराष्ट्रको गाडचिरोली जेलमा राखिएका दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबाको रिहाइका लागि कानुनी तथा पेशागत विश्वव्यापी अभियान चलिरहेको छ । एम्नेस्टी इन्टर्नेस्नललगायत विश्वभरिका मानअधिकारवादी सङ्गठनहरू तथा लेखक, प्राध्यापक र पत्रकारहरूले उहाँको रिहाइका लागि विभिन्न माध्यमद्वारा भारतीय सरकारलाई दबाव दिइरहेका छन् ।

यसै क्रममा यही मे ५, २०१७  का दिन ग्रिसका बुद्धिजीवीहरू, प्राध्यापक,  शिक्षकहरूले सो अभियानप्रति ऐक्यबद्धता जनाउँदै  रिहाइका लागि अपिल जारी गरेका छन् । पेशागत विभिन्न सङ्संस्थासित सम्बद्ध तथा स्वतन्त्र रूपमा क्रियाशील ४१ जना प्राध्यापक तथा शिक्षकहरूको हस्ताक्षर भएको सो वक्तव्यमा भनिएको छ :

“ प्राध्यापक साइबाबालाई  माओवादी समूहसित जोडेर जसरी आजीवन कारावासको सजाय दिइएको छ, त्यो अन्यायपूर्ण र अमानवीय छ । ९० प्रतिशत अपाङ्ग र ह्विलचेयरबिना हिँडडुल गर्न नसक्ने र स्वास्थ्यको दृष्टिले पनि अत्यन्त कमजोर मान्छेलाई भारतीय कम्युनिस्ट पार्टी (माआवादी) सित जोडेर  छापामार गतिविधिमा सक्रिय सहभागी भनेर आजीवन कारावासको सजाय दिनु कुनै पनि हालतमा न्यायपूर्ण र मानवोचित छैन । हामी भारत सरकारसित यथाशीघ्र बिना सर्त उहाँको रिहाइको माग गर्छौँ । साथै उहाँको रिहाइका लागि भारतलगायत विश्वका विभिन्न मुलुकहरूमा  चलाइएको अभियानप्रति पनि हार्दिक ऐक्यबद्धता जनाउँछौं  । यसका साथै जेलमा उहाँलाई उचित स्वास्थ्योपचार तथा आवश्यक अन्य सुविधा प्रदान गरियोस् भनेर पनि माग गर्दर्छौँ । हामी आशा गर्छौँ, उहाँमाथि न्याय हुनेछ र उहाँको रिहाइ हुनेछ ।”




भिडियो फिचरview all