menu

ताजा समाचार

विश्वका माओवादीहरूको संयुक्त वक्तव्य

गत वर्षहरूका झैँ यो वर्ष पनि विश्वभरिका माओवादी पार्टी, सङ्गठन तथा मञ्चहरूले मे दिवश २०१७ को सन्दर्भमा संयुक्त घोषणपत्र जारी गरेका छन् । युरोपली माओवादी सङ्घसंस्थाहरूको पहलमा हुँदेआएको यस वर्षको संयुक्त घोषणापत्रमा युरोप, ल्याटिन अमेरिका तथा एसियाका २३  ओटा माओवादी पार्टी तथा सङ्गठनहरू (पूर्ण  संख्या अझै आउँन बाँकी छ ) को हस्ताक्षर रहेको छ । यस किसिमको प्रयासलाई माओवादीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको प्रयासका रूपमा पनि हेरिने गरिएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को समेत सहभागिता रहेको यो संयुक्त घोषणापत्रमा नेपालका ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ र ‘नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को सहभागिता रहेको छ ।

घोषणापत्रमा अक्टोर क्रान्तिको सतवार्षिकी तथा नक्सलवाडी आन्दोलनको ५० औँ वर्षगाँठसित जोडेर मे दिवश मनाउन पनि आह्वान गरिएको छ । घोषणापत्रमा सर्वहारा अन्तर्राष्ट्रियतावादमा  जोड दिँदै एउटा खास देशमा चलिरहेको जनयुद्ध विश्व सर्वहारा आन्दोलनको अंश भएकाले त्यसलाई हरेक किसिमले सहयोग गर्नु क्रान्तिकारीहरूको दायित्व हो भनिएको छ ।

'' विश्वव्यापी रूपमा दीर्घकालीन जनयुद्धको दिशामा अघि बढौं  !'' को नारामा केन्द्रित सो घोषणापत्रको पूर्ण पाठ यस प्रकार छ:

रक्तिम,  क्रान्तिकारी, अन्तर्राष्ट्रियतावादी  मे दिवस

“अक्टोबर क्रान्तिको झण्डा अजेय छ ।” : माओ त्से-तुङ
 
यो वर्ष अक्टोबर क्रान्तिको शतवार्षिकी पर्छ । गत वर्ष महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सवका सन्दर्भमा गरेझैँ,  साम्राज्यवादीहरू, सुधारवादीहरू र सबै प्रकारका अवसरवादीहरूले  यस वर्ष पनि यसलाई खारेज, बेवास्ता, उपहास र उपेक्षा गर्ने प्रयास गर्नेछन् ।
 
यी कार्यक्रमहरूबाट सर्वहारा र आम उत्पीडित जनतामा सम्प्रेषित हुने सन्देश वर्तमानका लागि पनि उत्तिकै सान्दर्भिक भएकाले उनीहरूले यसो गर्छन् । सर्वहारा र उत्पीडित जनतालाई साम्राज्यवाद, पुँजीवाद, युद्ध, शोषणबाट मुक्त गराउन हामीले सर्वहारा क्रान्ति सम्पन्न गर्नैपर्ने हुन्छ ।
 श्रमजीवी वर्गले शासक वर्गबाट सत्ता कब्जा गरेर जनताको सत्ता, जनताको राज्य, सर्वहाराको अधिनायकत्व स्थापना गरेर समाजवादको निर्माण गर्नुपर्ने हुन्छ :  साम्राज्यवादको साङ्लोबाट विश्वलाई मुक्त पार्न निश्चित रूपमा यसले हरेक मुलुकमा क्रान्तिको विकासलाई  निरन्तरता दिँदै विश्वलाई साम्यवादतर्फ प्रवृत्त गराउँछ ।

लेनिनले आफ्नो महान् कृति ‘साम्राज्यवाद पुँजीवादको उच्च चरण’ मा भनेझैँ साम्राज्यवाद सडेगलेको र पतनशील व्यवस्था हो र यसले यस्तै व्यवहार प्रदर्शन गर्छ । साम्राज्यवाद र यसअन्तर्गतका सरकारहरू गम्भीर आर्थिक, राजनीतिक र सामाजिक सङ्कटको सीमा पार गर्ने स्थितिबाट गुज्रिरहेका छन् र उनीहरू यस सङकटको भार आन्तरिक तहमा आफ्नो मुलुकको सर्वहारा र आम उत्पीडित जनतामाथि लादिरहेका छन् भने बाह्य तहमा उत्पीडित राष्ट्रहरूमा लादिरहेका छन् ।

साम्राज्यवाद आर्थिक युद्ध हो, यो विश्वलाई नयाँ किसिमले विभाजन गर्ने र लुटपाट मच्चाउने व्यवस्था हो । साम्राज्यवाद भनेको प्रतिक्रियावादी फासिवादी व्यवस्था हो । साम्राज्यवाद पुँजीवादको अन्तिम चरण हो र  हरेक दिन यसले देखाएको  गतिविधिका कारण यसलाई छिटोभन्दा छिटो फ्याल्नु जरुरी भइसकेको छ  ।

यसै अर्थमा लेनिन र अक्टोबर क्रान्तिले दिएको सन्देश सदाका लागि जीवन्त  छ ।

साम्राज्यवादको सबैभन्दा बलियो गढ अमेरिकामा ट्रम्पको विजयले याङ्की साम्राज्यवादको सङ्कटलाई प्रतिबिम्बित गर्छ र यसबाट छुटकारा पाउन यसले भूराजनीतिक दृष्टिले रणनीतिक क्षेत्रहरूमाथि अधीन कायम गर्न सहभागीहरू बटुल्दै विभिन्न किसिमका नाट्यमञ्चन गरेर विश्वमा युद्ध लाद्ने गर्छ  ।

 
ट्रम्पको विजयले तथाकथित “अमेरिकी प्रजातन्त्र” को पाशविकतालाई  प्रदर्शित गर्छ , फासिवादी खरबपति सत्तामा आउनु भनेको आन्तरिक रूपमा गरिब जनतामाथि र अन्तर्राष्ट्रिय रूपमा उत्पीडित जनता र राष्ट्रहरूमाथि युद्ध लादिनु हो ।


 ट्रम्पको विजयले सबै साम्राज्यवादी मुलुकहरूमा प्रतिक्रियावाद र आधुनिक फासिवादलाई मलजल प्रदान गर्छ । यसले  प्रहरीराज, सैन्यकरण अन्तहीन  सङ्कटकाल निम्त्याउँछ, देशभित्रका  सर्वहारा, महिला, मुस्लिम, अफ्रो-अमेरिकी जनता, आप्रवासीहरू, प्रगतिशील विचार राख्नेहरू, स्कुल विश्व्विद्यालय तथा आम सञ्चार र साहित्यकला सबै क्षेत्रमा यसले एक किसिमको  युद्धमय वातावरण बनाउँछ ।

अमेरिकी साम्राज्यवादको यो नयाँ आक्रामक चरणले आणविक शक्तियुक्त रूसी साम्राज्यवाद, नयाँ सामाजिक-साम्रज्यवादी  शक्ति चीन, वर्तमानमा जर्मनीको प्रभृत्वमा रहेका युरोपेली साम्राज्यवादीहरूसितको अन्तर-साम्राज्यवादी अन्तर्विरोधलाई पनि चर्काउने छ ।
 
बजारको बाँडफाँट र प्राकृतिक स्रोतसाधन कब्जा गर्नका लागि साम्राज्यवादी मुलुकहरूको विश्वव्यापी प्रतिस्पर्धाले प्रतिक्रियावादी युद्ध र आक्रमणलाई मलजल प्रदान गर्नेछ र यसले विश्वमा जनधनको विनाश, मृत्यु र आम हत्यामा वृद्धि गर्नेछ ।

विश्वका कुनाकुनामा भएका साम्राज्यवादी युद्ध र आक्रमणले आप्रवासीहरूको ठूलो सङ्ख्यामा वृद्धि नहोला र !
 
पाशविक साम्राज्यवादी युद्धहरू साम्राज्यवादीहरूको आफ्नै “घरभित्र पसेर” साम्राज्यवादी केन्द्रकै सडक र गल्लीहरू रगतपच्छे नहोलान् र !
सबै साम्राज्यवादी मुलुकहरू र तिनका मालिक, राज्य सरकारहरूले सङ्कट, दमन-उत्पीडनका कारण सिर्जित विद्रोहसित लड्न साम्राज्यवादीहरूले आफ्नै देशभित्र सर्वहारा र आम उत्पीडित जनताका विरुद्ध युद्ध चर्काउने छन् ।

साम्राज्यवादद्वारा उत्पीडित मुलुकहरूमा सर्वहारा र उत्पीडित जनताले साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्ति सङ्घर्ष, खास  गरेर प्यालेस्टिनी तथा अरबका जनताको  साम्राज्यवादका विरुद्धको संघर्षका साथै जनयुद्धलाई तीव्र बनाउनेछन् । भारतदेखि फिलिपिन्ससम्म, टर्कीदेखि पेरूसम्म मार्क्सवादी-लेनिनवादी-माओवादी पार्टीहरूको नेतृत्वमा चलेको जनयुद्ध  साम्राज्यवाद र प्रतिक्रियावादी सत्ताबाट  मुक्त भएर नयाँ जनवादी सत्ता स्थापना गर्दै समाजवादको दिशामा कसरी अघि बढ्ने कुराको भरपर्दा आधारहरू हुन् ।

५० औँ वार्षिकोत्सवको स्थितिमा पुगेको ‘नक्सलबाडी विद्रोह’ ले दिशाबोध गरेको भारतमा चलिरहेको जनयुद्ध, आम जनहत्या, अप्रेसन ग्रिन हन्ट, माओवादीमाथि दमन, आदिबासी जनता, प्रजातान्त्रिक तथा क्रान्तिकारी बुद्धिजीवीहरू र विद्यार्थीहरू, मजदुर, किसान, महिला आन्दोलनका विरुद्ध, अल्पसङ्ख्यक जातिहरूका विरुद्ध भएका दमनका विरुद्ध निरन्तरतामा  छ र यसले जनयुद्ध र जनताको मुक्तिको सङ्घर्षलाई  न त घरेलु शक्तिले रोक्न सक्छ, न त बाह्य शक्तिहरूको सहयोगले रोक्न सक्छ भनेर भनेर प्रस्ट पारेको छ ।

 महान् लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले संशोधनवाद र अवसरवाद विरुद्ध नलडी हामीले साम्राज्यवाद र उसको सत्ताका विरुद्ध लड्न र विजय प्राप्त गर्न सक्तैनौँ भनेर प्रस्ट पार्यो  ।

 क्रान्तिका लागि विश्वको वस्तुगत परिस्थिति सकारात्मक छ, किनभने क्रान्ति अहिलेको विश्वको प्रधान प्रवृत्ति हो । सबै सामाजिक प्रजातन्त्रवादी शक्तिहरू र  पूर्व ‘कम्युनिस्ट’ पार्टीहरू जब संशोधनवादी र सुधारवादी बन्छन्, तिनले जनताका माझ विश्वास गुमाउँछन् र तिनीहरू जनताको जीवन र जीवीकोपार्जनको रक्षा गर्ने तथा साम्राज्यवाद, युद्ध, फासिवाद र प्रहरीराजका विरुद्ध लड्ने कार्यमा बेकामे साबित हुन्छन् ।

यी तत्वहरूमा देखिएको सङ्कटका साथै प्रतिक्रियावादी ‘पपुलिस्ट’ प्रवृत्तिहरू र कट्टरतावादी प्रतिक्रियावादी आन्दोलनहरूलाई पनि हामीले देखिरहेका छौँ, जसले जनतालाई साम्राज्यवादको यो अथवा त्यो कित्तामा राखेर डोर्याउन खोजिरहेका छन् । यस किसिमको प्रवृत्तिले अन्ततः साम्राज्यवादको सबैभन्दा प्रतिक्रियावादी बुर्जुवा सत्ताको सेवामा पुर्याउनु स्वाभाविक छ ।

 उनीहरूलाई निशस्त्र पार्ने उद्देश्यका साथ आएको संशदीय र शान्तिपूर्ण बाटाहरूसित सम्बद्ध सबै भ्रमहरूलाई सर्वहारा र उत्पीडित जनसमुदायले  दृढताका साथ खारेज गर्नुपर्छ र साहशका साथ क्रान्तिकारी बाटो अबलम्बन गर्नुपर्छ ।

 जनयुद्ध क्रान्ति सम्पन्न गर्ने सबैभन्दा उच्च रूप हो, त्यसैले हामीले ती देशहरू, जहाँ पहिले नै जनयुद्ध आरम्भ भएको छ, त्यहाँ दृढताका साथ समर्थन गर्ने र खास देशको विशिष्टता अनुसार अन्य मुलुकहरूमा त्यसको तयारी गर्ने कुरामा जोड दिनुपर्छ ।

यसका लागि एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्छ, जुनचाहिँ सम्पूर्ण उत्पीडित जनताको केन्द्रबिन्दु र श्रमजीवी वर्गको अग्रगामी दस्ता हुनेछ ।

मार्क्सवाद-लेनिनवाद-माओवादको क्रान्तिकारी विज्ञानमा आधारित भएर आम जनतासित घनिष्ठ रूपमा गाँसिएका र वर्गसङ्घर्षको भट्टीबाट निर्मित पार्टीहरूले नै आफ्नो देशको विशिष्टता अनुसार जनयुद्धको आरम्भ र विकासको अगुवाइ गर्न सके । कम्युनिस्ट पार्टीले अवश्य पनि उत्पीडित जनसमुदाय, साम्राज्यवादको उत्पीडनमा परेका सबै तह र तप्काको संयुक्त मोर्चाको निर्माण गर्नुपर्छ र राजनीतिक तथा सैन्य शक्तिका आधारमा आवश्यक कार्यनीतिको विकास गर्नुपर्छ ।

साम्राज्यवादी मुलुकहरूमा कम्युनिस्ट पार्टीहरूले आप्रवासीहरूमाथि भएको शोषण, दासत्व र रङ्गभेदको विरुद्ध लड्ने क्रममा अग्रदस्ताको भूमिका खेल्दै पार्टीको नेतृत्वका विभिन्न तहमा आप्रवासी  सर्वहारालाई एकीकृत गर्नुपर्छ ।

 निश्चित रूपमा कम्युनिस्ट पार्टीले युवाहरूलाई पार्टीमा एकत्रित गरेर सङ्गठित गर्नुपर्छ र महिला आन्दोलनलाई क्रान्तिको महत्त्वपूर्ण शक्तिका रूपमा लिनुपर्छ ।

 उनीहरूले साम्राज्यवादद्वारा आक्रमण गरिएका मुलुकका जनताको पक्षमा उभिएर सर्वहारा र उत्पीडित जनताको प्रमुख दुस्मन आफ्नै साम्राज्यवादी मुलुकका विरुद्ध लड्नुपर्छ । निश्चय पनि आज खास गरेर सिरियामाथिको साम्राज्यवादी आक्रमण र उत्तरकोरिया विरुद्धको आणविक विनाशको धम्कीका विरुद्ध हामीले लड्नुपर्छ ।
 
साम्राज्यवादी युद्ध र बुर्जुवा अधिनायकत्वद्वारा उत्पन्न स्थितिले  कम्युनिस्ट पार्टीले आफूलाई सशस्त्र पारेर जनयुद्धद्वारा साम्राज्यवादका विरुद्ध प्रतिरोध गर्न लाल सेनाको एउटा लडाकु दस्ताको निर्माण गर्नुपर्ने आवश्यकतालाई औँल्याउँछ ।

 प्रतिक्रियावादी सत्ताद्वारा गरिएको आम जनहत्यालगायत जनयुद्धले कहिलेकाहिँ शान्तिसम्झौताको नाममा गरिने चाललाई पनि सही किसिमले बुझ्नुपर्ने हुन्छ, जसको उद्देश्य जनयुद्धको विकास र सुदृढीकरणलाई रोक्नु हुन्छ, यसको उद्देश्य अन्ततः दिशाभ्रम गराउनु, पार्टीमा विभाजन ल्याउनु र अन्ततः क्रान्तिलाई आत्मसमर्पणमा टुङ्ग्याउनु हुन्छ ।

अन्तर्राष्ट्रियतावाद साझा दुस्मनका विरुद्ध विश्वका सर्वहारा र उत्पीडित जनताबीचको एकता हो ।

 अन्तर्राष्ट्रियतावाद भनेको “ आफ्नो देशको क्रान्तिकारी आन्दोलन र क्रान्तिकार सङ्घर्षको विकासमा लागि हुदयदेखि नै लाग्नु र बिना हिचकिचाहट कुनै पनि मुलुकको सङ्घर्षलाई  ( प्रचार, समर्थन र भौतिक सहयोग)  सहयोग गर्नु हो ।”  लेनिन

अन्तर्राष्ट्रियतावाद
  एउटा नयाँ अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण हो, र यो,  कम्युनिस्ट क्रान्तिकारीहरूले वर्तमानमा ब्यहोर्नु परेका समस्याहरूलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको आम दिशातर्फ अघि बढ्न सक्षम हुनेछ ।

महान् अक्टोबर क्रान्तिको शतवार्षिकी  जिन्दावाद !
साम्राज्यवादको अन्त्य निश्चित छ  !
विश्वव्यापी रूपमा दीर्घकालीन जनयुद्धको दिशामा अघि बढौं !
विश्वका उत्पीडित जनता तथा सर्वहाराको सङ्घर्ष जिन्दावाद !
सर्वहारावादी अन्तर्राष्ट्रियतावाद जिन्दावाद !
रक्तिम समाजवादी भविष्यका लागि साम्यवादको दिशामा अघि बढौँ !

हस्ताक्षर

१. कलेक्टिभ अफ इरानियन माओइस्ट्स
२.कमिटी ब्युल्डिङ दि माओइस्ट कम्युनिस्ट पार्टी गालिसिया, स्पेनिस स्टेट
३.कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट पार्टी, अस्ट्रिया
४ कम्युनिस्ट पार्टी अफ इन्डिया (माओइस्ट)
५. कम्युनिस्ट न्युक्लिअस, नेपाल
६. कम्युनिस्ट (माओइस्ट) पार्टी अफ अफ्गानिस्तान
७.कम्युनिस्ट मुभमेन्ट अफ सर्बिया
८. कम्युनिस्ट पार्टी अफ ब्राजिल रेड फ्याक्सन—सिपिबी (आरएफ)
९. डेमोक्रेसी एन्ड  क्लास स्ट्रगल, ब्रिटिस स्टेट
१० . माओइस्ट कम्युनिस्ट मुभमेन्ट, ट्युनिसिया
११. माओइस्ट कम्युनिस्ट पार्टी, फ्रान्स
१२. माओइस्ट कम्युनिस्ट पार्टी, इटाली
१३. माओइस्ट कम्युनिस्ट पार्टी, मणिपुर
१४. माओइस्ट रिभोल्युस्नरी लिग, श्री लङ्का
१५.वर्कस् भ्वाइस, मलेसिया
१६.क्लासेनस्टान्ड पङ्क्ट, क्लास पोजिसन, जर्मनी
१७. युनियन ओबेरा कम्युनिस्टा (एमयलएम)-कोलम्बिया
१८ . रिभोलुस्नरी  प्राक्सिस-ग्रेट ब्रिटेन  
१९.  रिभोलुस्नरी कम्युनिस्ट पार्टी (क्युबेक डिस्ट्रिक्ट)
२० अर्गनाइजेसन डि ट्रावेल कम्युनिस्टे- ट्युनिसे
२१.पार्टी  डेस खाडेसाइन-ट्युनिसे
२२ . नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी)
२३. रिभोल्युस्नरी कम्युनिस्ट पार्टी (पिसिआर–आरसिपी, क्यानडा)

भिडियो फिचरview all