menu

ताजा समाचार

मे दिवस घोषणापत्र तयार,नेपालबाट पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपाल मात्र सहभागी

रिमको पुरानो कमिटी विघटन भइसकेको स्थिति र नयाँ निर्माणको प्रक्रिया र प्रयासहरू भइरहेको भए पनि त्यसले ठोस आकार नलिइसकेको अवस्थामा विचार मिल्ने माओवादी पार्टी तथा सङ्गठनहरूले सन् ११ देखि मे दिवसको सन्दर्भ पारेर संयुक्त घोषणापत्र जारी गर्दैआएका छन् र यसपल्ट पनि यसको तयारी भइरहेको छ ।

यस प्रयासमा बढी समय र श्रम लगाइरहेका युरोपेली माओवादीहरू त्यसमा पनि माओइस्ट रोडसित गाँसिएका माओवादीहरूले ड्राफ्ट  तयार पारेर विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूलाई अध्ययन गर्न पठाउने र साझा धारणा बनिसकेपछि  त्यसलाई मे दिवसको अघिल्लो दिन अप्रिल ३० मा सार्वजनिक गर्ने गरिएको छ । यसपल्ट पनि यो प्रक्रिया सम्पन्न भइसकेको छ र भोलि अप्रिल ३० आइतवारका दिन यसको विश्वव्यापी  प्रकाशन हुनेछ । सम्बद्ध मुलुकहरूले यो घोषणापत्र अङ्ग्रेजी तथा आ-आफ्नो मुलुकका विभिन्न मातृ भाषामा प्रकाशन गर्नेछन् ।

गत साल ३१ ओटा  माओवादी पार्टी तथा सङ्गठनहरूको संयुक्त घोषणापत्रमा  हस्ताक्षर थियो भने हिजोसम्मको अभिलेखअनुसार  विश्वका २१ ओटा  माओवादी पार्टी तथा सङ्गठनहरूले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् र यसमा नेपालको तर्फबाट पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपाल मात्र सहभागी देखिएको छ ।

यसपल्टको घोषणापत्रमा ट्रम्पको साम्राज्यवादी आतङ्क, अक्टोबर क्रान्तिको शतवार्षिकी, नक्सलबाडी विद्रोहको ५० औँ वर्षगाँठ तथा  भारतमा चलिरहेको जनयुद्ध तथा विश्वव्यापी रूपमा जनयुद्धको राजनीतिको आवश्यकता र औचित्य घोषणापत्रका विशेष सन्दर्भ हुने कुरा प्रस्ट छ । ‘जनमेल’ र ‘नेक्स्ट फ्रन्ट’ ले भोलि बेलुका संयुक्त घोषणपत्रको नेपाली र अङ्ग्रेजी संस्करण प्रकाशमा ल्याउनेछन् ।
 


भिडियो फिचरview all