menu

ताजा समाचार

भाकपा (माओवादी)ले जागिर छाडेर जनसेनामा सामेल हुन प्रहरीहरूलाई आह्वान गर्यो

यही अप्रिल २४ मा भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भएको घटनालाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को दण्डकारण्य विशेष जोनल कमिटीका तर्फबाट प्रवक्ता कमरेड विकल्पले सो घटनाका सम्बन्धमा अडियो टेप सार्वजनिक गरेका छन् ।
 
हिजो २७ अप्रिलका दिन सार्वजनिक गरिएको ६ मिनेट लामो सो टेपमा : जनताको मुक्तिका लागि लडिरहेका माआवादीहरू विरुद्ध  सरकारका तर्फबाट लादिएको युद्धलाई चुनौती दिन, आदिवासी महिला तथा आम नागरिकमाथि भएका दमन, बलात्कार र हत्याको प्रतिरोध र प्रतिशोध लिन, निर्दोष जनतालाई समातेर हत्या गर्ने र यति माओवादी मारिए उति माओवादी मारिए भनेर सङ्ख्या बढाउने प्रवत्तिको प्रतिरोध गर्न र दुखेसो गरेर जीवन बिताइरहेका गाउँलेलाई कागजमा सही गराएर माओवादीद्वारा आत्मसमर्पण भनेर मनोवैज्ञानिक आतङ्क मच्चाउने प्रवृत्तिको विरोधमा सो कारबाही गरिएको भनिएको छ ।

टेपमा भनिएको छ : '' यो घटना भेली सुकममा ११ मार्चमा भएकै घटनाको निरन्तरता हो l २०१६ मा ओडिसामा २१ जना कमरेडहरू र क्रान्तिकारी जनसरकारका ९ जना गाउँले जनताको हत्याको बदलाको घटना हो l साथै आदिवासी जनताको हत्या र महिलामाथि प्रहरीहरूले गर्नेगरेको  सामूहिक बलात्कारको पनि बदला हो l "

साथै सो  अडियोमा सरकारी सुरक्षा फोर्सलाई प्रतिक्रियावादी सत्ताको सेवा गर्न छाडेर जनताको पक्षमा उभिन जागिर छाडेर जनमुक्ति सेनामा सामेल हुन पनि आह्वान गरिएको छ । 

जस्तो वक्तव्यमा भनिएको छ : ''हामी हिँसा प्रेमी होइनौ, तल्लो तहका कर्मचारी तथा प्रहरीको हत्या गर्ने हाम्रो योजना होइन , तर उनीहरू प्रतिक्रियावादी सत्तासंयन्त्रको सुरक्षामा  लागेका हुनाले निसानामा पर्नु स्वाभाविक छ l किन बेकारमा जीवन गुमाउँ छौ l तल्लो तहका कर्मचारी तथा प्रहरीहरूलाई प्रतिक्रियावादीको सेवा गर्न छाडेर जनताको सेवामा लाग्न जनमुक्ति सेनामा सहभागी हुन हामी आह्वान गर्छौं l "

 वक्तव्यमा घटनामा परेका प्रहरीहरूको शरीर टुक्राटुक्रा पारिएको तथा गोप्य अंग काटेर फ्यालिएको भन्ने कुरा प्रतिक्रियावाददीहरूको फिंजाएको भ्रम मात्र हो भनिएको छ l

भिडियो फिचरview all