menu

ताजा समाचार

कमरेड हिडमाको नेतृत्वमा सुक्मा आक्रमण

यही २४ अप्रिलमा भारतको छत्तिसगढ़ राज्यको सुक्माको कालापत्थरमा माओवादी छापामार सेनासित भएको भिडन्तमा २६ जना सिआरपिएफ प्यारा मिलिट्री फोर्सका इन्सपेक्टरसहितका २६जनाको मृत्यु र ६ जना घाइते भएको समाचारले भारतीय प्रतिक्रियवादी सत्तामा खेलाबैला मच्चिएको र सरकारमा बसेकाहरूबीच नै एकअर्कालाई दोषारोपण गर्दै मारामार हुनथालेको  समाचारहरू प्रकाशमा आएका छन् ।
 
११ मार्चमा १२ जना प्रहरी फोर्सको मृत्यु भएपछि पनि घटनालाई गम्भीरतापूर्वक नलिइएको, राजनीतिक गुटबन्दी र आफ्नो मान्छे खोज्ने  नाममा संस्थाको प्रमुख पद तीन महिनादेखि खालि राखेको आरोपप्रत्यारोप  चल्नुका साथै सरकारी सूचना संयन्त्रले काम नगरेको र जनताले पनि साथ नदिएको कुरा अहिले पत्रपत्रिकाले  प्रकाशित गरेका छन् । सन् २०१३को घटनापछि त्यस क्षेत्रमा माओवादीले गरेको यो सबैभन्दा ठूलो घटना भएको र यताका ४ वर्षमा माओवादीले जति प्रहरी फोर्सको हत्या गरेका थिए, यी  ४ महिनामा त्योभन्दा बढी हत्या गरेरका छन् भनेर पत्रिकाले टिप्पणी गरेका छन् ।
 
सरकार निर्दोष नागरिकलाई समातेर कागज गराएर आत्मसमर्पणको समाचार सुनाउन र माओवादी कमजोर भए भनेर हल्ला गर्न मात्र माहिर भएको, आदिवासी महिलामाथि हत्या र बलात्कार  गर्न मात्र प्रहरी सक्षम भएको भन्ने टिप्पणीले भारतीय पत्रिकाहरू भरिएका छन् ।

अहिलेसम्म भाकपा(माओवादी) ले समग्र विवरण बाहिर ल्याएको छैन तापनि पत्रपत्रिकाले सो दोहोरो भिडन्तमा महिलाहरूको बाहुल्य रहेको कुरा उल्लेख गरेका छन् । सो क्षेत्रको जनमुक्ति छापामार सेना बटालियन कमान्डर ३२ बर्से हिडमालु अर्थात्  कमरेड हिडमाको नेतृत्वमा सो आक्रमण भएको कुरा पनि पत्रपत्रिकाले उल्लेख गरेका छन् । २२ ओटा साना हतियार, १३ ओटा एके ४७,  ५ इन्सास राइफल, सबै मिलाएर ३, ४२० गोली, एके र इन्सास दुवैका गरी १०६ म्यागाजिन, ६७ ओटा ग्रिनेड लन्चर, २२ ओटा बुलेट प्रुफ ज्याकेट, २ ओटा बाइनाकुलर र ५ ओटा वायरलेस सेट माओवादीले  कब्जामा लिएको भनेर भारतीय पत्रिकाले भनेका छन् l
 
 पहिले एम्बुस भनेर  समाचार आए पनि  छुट्टछुट्टै क्याम्प बनाएर बसेका ३५ जनाको क्याम्पमा माओवादी छापामारले धावा बोलेको  र आत्तिएर सामना गर्न नसकेर घेराबन्दीमा परेका थिए भनिएको छ l सरकारी पक्षले ''११   मार्चको घटनामा कब्जामा लिएका उच्च किसिमका हतियारको प्रयोग '' गरिएको भनेको छ l

यसै सन्दर्भमा भारतीय सत्ताधारीहरूको “माओवादीहरूलाई कसरी ठीक पार्ने” भनेर मे८ मा विशेष बैठक डाकेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् ।



भिडियो फिचरview all