menu

ताजा समाचार

माओवादी जनसेनाको एम्बुसमा परेर सिआरपिफका २६ जनाको मृत्यु र ६ जना घाइते

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाले थापेको एम्बुसमा परेर आज २४ अप्रिल दिनको १२.२५ मा भारतको छत्तीसगढ़ राज्यको सुकमा जिल्लाको दक्षिण बस्तर क्षेत्रमा  सिआर्पीएफ ७४ बटालियनका २६  जनाको मृत्यु र ६ जना घाइते भएको कुरा  भारतीय संचार माध्यमहरूले जनाएका छन् l सो टिममा ९० जना प्यारा मिलिटरी फोर्सका सदस्य रहेको कुरा पनि माध्यमहरूले जनाएका छन्  l  भारतीय संचार माध्यमहरूका अनुसार वाएरलेस सेट, एके ४७  लगायत सबै उच्च प्रविधिका हातहतियार माओवादीले  कब्जामा लिएका छन्  l

यो घटना केही दिनअघि यस्तै घटना भएको क्षेत्रमा भएको हो । त्यतिबेला पनि १२ जना भारतीय सुरक्षा बलका सदस्यहरू एम्बुसमा परेका थिए । सञ्चारमाध्यमहरूले ३०० जना माओवादी छापामारहरू  सो घटनामा संलग्न भएको र एम्बुसमा गाडी परेपछि चारैतिरबाट हमला गरेको भनेका छन् । पहिले १२  जना भनेर समाचार बाहिर ल्याए पनि जम्मा २६  जनाको मृत्यु भएको र ६ जनाको उपचार भइरहेको र मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुरा  पनि 'हिन्दुस्तान टाइम्स' ले लेखेको छ ।

सरकारले घटनाबारे यथार्थ लुकाए पनि पत्रकारहरूले विस्तारै विवरण बाहिर ल्याइरहेका छन् l अन्तर्राष्ट्रिय माध्यमहरूले पनि व्यापक रूपमा यो समाचार प्रचारित गरेका छन् l

भिडियो फिचरview all