menu

ताजा समाचार

सिरिशा : मेरो छोरा जनताका लागि मर्नुमा गर्वानुभूति गर्थ्यो

कात्तिक ८ अर्थात् अक्टोबर २४ सोमबारका दिन भारतीय सञ्चार माध्यमहरूले आन्ध्र—उडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा सरकारी सुरक्षा बलसितको मुठभेडमा २४ जना माओवादीहरू मारिए भनेर बडो जोदतोड़का साथ समाचार प्रशारण गरे । यसलाई लिएर कतिपय छापा पत्रिकाहरूले  हेड लाइन नै बनाए । 'काश्मिर समस्याले आक्रान्त मोदी सरकारलाई राहत' भनेर कतिपयले टिप्पणी पनि गरे । प्रहरीको हवाला दिँदै मारिनेमा २५ लाख टाउकाको मूल्य तोकिएका नेताहरूसमेत परेको र यसमा पूर्वी डिभिजन सेक्रेटरी चलापथी उर्फ अप्पा राव,  केन्द्रीय सदस्य बाकुरी बेङ्कटारावन उर्फ गणेश, कमरेड गर्जला रवि उर्फ उदय कमरेड रमा उर्फ जलानी बेगम कमरेड मुन्ना भएको समाचारहरू बाहिर आए । प्रहरीले भनेजस्ता नेताहरू  त्यसमा नपरे पनि २४ जना कमरेडहरू त्यसमा परेको कुरा भने सही भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यसबारे हालसम्म केही नभने पनि  त्यसमा मलकानगिरि–कोरापुट–श्री काकाकुलम डिभिजन सेक्रेटरी तथा विशेष जोन सदस्य कमरेड गर्जला रवि उर्फ उदयको सहादत भएको कुरा भने सही साबित भएको छ । यो आन्ध्रको ग्रेहाउन्ड फोर्स र उडिसाको विशेष टास्क फोर्सको संयुक्त अपरेसन थियो ।

४५ वर्षीय कमरेड रवि २६ वर्ष पहिले आइटीको विद्यार्थीका रूपमा कलेजमा पढ्दापढ्दै भारतीय कम्युनिस्ट पार्टी (पिपुल्सवार) को सदस्य बनेका थिए । सन् २००४ मा आन्ध्रको काङ्ग्रेसी सरकारसितको वार्तामा पार्टीका तर्फबाट सहभागी भएका थिए । उनको कान्छो भाइ आजाद पनि सन् २००८ मा प्रहरीसितको ‘मुठभेड’ मा सहिद भएका थिए ।

मलकानगिरीमा भएको आक्रमण दोहोरो मुठभेड नभएर एकतर्फी अचानक आमक्रमण भएको र अहिले पनि सर्च अपरेसनका नाममा गाउँ र आदिवासी क्षेत्रमा आतङ्क मच्चाउने काम भइरहेको छ भनेर कतिपय मानवअधिकारवादी समूहहरू,  पत्रकार र लेखकहरूले आवाज उठाइरहेका छन् । यसबीच जनतान्त्रिक संस्थाले आह्वान गर्दै भनेको छ :
''आज फेरि भारतीय सुरक्षा बलले अरू ३ निर्दोष नागरिकको हत्या गरेको छ र यी दुई दिनमा हत्या  गरिनेको सङ्ख्या २७ पुगेको छ । जनताका हकअधिकार-जनताको जल, जमिन र जङ्गलको हक दिलाउन लडिरहेका माओवादीहरू विरद्ध भारतीय  सरकार पूर्णरूपमा नर संहारमा उत्रेको छ ।  वार्ताको कुरा पनि गर्ने  अनि अर्कातिर दिनदिनै नरसंहार  पनि मच्चाउने काम गरिरहेको छ । हामी, भारतीय जनताका विरुद्ध भइरहेको सैन्य आक्रमणको विरोध गर्न र भारतीय कामरेडहरूप्रति ऐक्यबद्धता जनाउन अन्तर्राष्ट्रिय समुदायमा हार्दिक अपिल गर्दछौँ । "

 यसैबीच जनताका आवाज सम्प्रेषण गरिरहेको अन्तर्राष्ट्रिय माध्यम रेडस्पार्क , नेपालको दि नेक्स्ट फ्रन्ट  र माओइस्ट रोडले पनि फासिवादी मोदी सरकारका विरुद्ध र भारतीय कमरेडहरूका पक्ष्यमा अन्तर्राष्ट्रिय अभियान चलाउन ऐक्यबद्धताका लागि अपिल गरेको छ । माओवादी नेता कमरेड आरकेका पुत्र, सो घटनामा सहादत प्राप्त गर्ने कमरेड मुन्नाकी आमाले मङ्गलवार पत्रकारहरूसित भनेकी छन् : “मुन्नाले सधैँ भन्ने गर्थ्यो —‘मृत्यु जो कोहीका लागि पनि अपरिहार्य छ । तर जनताका लागि मनुपर्छ ।  जनतालाई हाम्रो आवश्यकता छ’, ऊ सधैँ  यस्तै सोच्तथ्यो । ऊ जनताका लागि मर्नु भनेको गर्वको कुरा हो भन्थ्यो ।  तर पुलिसले उसलाई कलिले उमेरमा मार्यो ।” कमरेड मुन्ना आफ्नो पिता नेता कमरेडका सुरक्षा दलका सदस्य थिए । अहिले कमरेड आरकेका परिवार सदस्य उपन्यासकार तथा कवि कल्याण राव सहितको टोली मल्कानगिरितर्फ लागेको छ र यसअघि नै क्रान्तिकारी लेखक बरबर रावसहितको टोली त्यसतर्फ गइसकेको छ । बरबर राओले पत्रकार सामु व्यक्त गरेअनुसार— त्यो घटना मुठभेड नभएर खाना खाँदै गरेका माओवादीहरूमाथि एकतर्फी हमला थियो ।
 

भिडियो फिचरview all