menu

ताजा समाचार

माओ त्सेतुङ: अक्टोबर क्रान्तिको झण्डा अपराजेय छ

माओ त्से तुङ
यो वर्ष हामी बडो उत्साहका साथ अक्टोबर क्रान्तिको स्थापना उत्सव मनाइरहेका छौँ । यो दिवस रूस-जर्मनी युद्धलाई नयाँ मोडमा  पुर्याउने अवसर मात्र नभएर यसले फासिवादी केन्द्रमाथि फासिवाद विरोधी केन्द्रको विजयको अवसर पनि हुने कुरामा म विश्वस्त छु ।

हिटलर पहिले आक्रामक भएर आफूलाई अपराजित राख्न सक्षम भएको थियो, किनभने लाल सेनाले जर्मनी र उसका युरोपेली सहयोगीका विरुद्ध एक्लै प्रतिरोध गरिरहेको थियो । अब युद्धकै क्रममा सोभियत रूस निकै मजबुत भएको छ र हिटलरको पछिल्लो गृष्मको आक्रमण असफल भएको छ । त्यसैले  विश्व फासिवाद विरोधी मञ्चको काम फासिवादी मञ्चका विरुद्ध आक्रामक कदम चालेर फासिवादलाई पराजयको अन्तिम धक्का दिनु हो ।
 
स्टालिनग्राडका लाल सेनाका योद्धाहरूले विरताको अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्, जसले मानवजीवनको भविष्य निर्धारित हुनेछ ।
तिनीहरू अक्टोबर क्रान्तिका छोराछोरीहरू हुन् ।अक्टोबर क्रान्तिको झण्डा अपराजेय छ र सबै फासिवादी शक्तिहरूको विनाश निश्चित छ ।
लाल सेनाको विजयोत्सव मनाइरहँदा, हामी चिनियाँ जनता पनि हाम्रो विजयको उत्सव मनाइरहेका छौँ । हाम्रो जापान प्रतिरोध युद्ध पनि पाँच वर्षभन्दा बढी भइसकेको छ र हाम्रो विजय सन्निकट भए पनि यसका लागि अझै त्यहाँ केही कठिनाइहरू छन् । जापानी फासिवादीहरू विरुद्धको विजय निश्चित मात्र छैन, यो नजिकै पनि छ ।

जापानी फासिवादका विरुद्ध सबै प्रयासहरू केन्द्रित गर्नु यतिबेर चिनियाँ जनताको प्रमुख काम हो ।

(अक्टोबर क्रान्तिको २५ औँ वार्षिकोत्सवका सन्दर्भमा १९४२)
भिडियो फिचरview all