menu

ताजा समाचार

माओवादी नेता नारायण सन्यालको निधन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता नारायण  सन्यालको कलकत्ताको अस्पतालमा निधन भएको छ । लामो समयसम्म जेल निर्वासित  ८४वर्षीय  सन्याललाई बिरामीका कारण २ वर्षअघि मात्र जमानतमा छोडिएको थियो । ब्याङ्कको जागिर छाडेर सन १९६० को दशकमा भारतमा चलेको नक्सलवाडी आन्दोलनका नेता चारुसँगै कम्युनिस्ट आन्दोलनमा सरिक कमरेड सन्याल, चारुको नेतृत्वमा पुनर्गठित पार्टीको नेतृत्व तहमा  हुनुहुन्थ्यो ।

१९७०को दशकमा बिहारमा सत्यनारायणसिंहले भारतीय कम्युनिस्ट पार्टी (मा.ले) छोडेर अर्कै पार्टी बनाइपछि उहाँलाई पार्टीले  बिहारको जिम्मेवारी दिएर पठाएको थियो र त्यहाँ  माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित गर्न लाग्दा इन्दिरा गान्धीले लगाएको सङ्कटकालमा उहाँ जेल पर्नु भयो । पछि  उनको सरकार हटेपछि आम राजबन्दी रिहाइसँगै उहाँ पनि १९७७ मा रिहाइ हुनुभयो । त्यसपछि उहाँ बिहारमा  भारतीय कम्युनिस्ट पार्टी (मा-ले) पार्टी युनिटीका रूपमा रूपमा सक्रिय हुनुभयो । बिहार-बङ्गालमा सक्रिय  पार्टी युनिटीले दक्षिणामा सक्रिय भारतीय कम्युनिस्ट पार्टी (मा-ले) पिपुल्स वारसित एकता गरेपछि, त्यसले व्यापक रूप लियो र पछि  सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को रूप लियो ।
पोलिट ब्युरो सदस्य सन्यालको भारतमा छरिएर रहेका माओवादीहरूलाई एकत्रित तर्न उहाँको ठूलो योगदान छ । खास गरेर बिहार-बङ्गालमा माओवादी आन्दोलनलाई पुनर्गठित गर्न उहाँको विशिष्ट योगदान रहेको छ । त्यो बेला उहाँ पार्टीको पोलिट ब्युरो सदस्य र दोस्रो वरियताको नेता हुनुहुन्थ्यो l पार्टीमा उहाँ विजोयदाले लोकप्रिय हुनुहुन्थ्यो  l

भारतको छत्तिसगढमा सन २००५ मा पक्राउ पनुृभयो र जेल सार्ने नाममा उहाँलाई विभिन्न जेलमा राखियो ।पक्राउ गर्दै, जमानतमा छाड्दै गरे पनि जेलमा एकदमै सिकस्त परेपछि उहाँलाई २ वर्षअघि मात्र उहाँलाई रिहाइ गरिएको थियो ।

उहाँको निधनमा हामी नेपालका क्रान्तिकारी माओवादीहरू उहाँप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दै मालेमा तथा जनयुद्धको बाटो अघि बढ्ने दृढता प्रकट गर्छौँ ।

“सबै मान्छेको मृत्यु हुन्छ तापनि ताइ पहाडका झैँ गह्रुङ्गो मुत्यु वरण गर्ने कि प्वाखका झैँ हलुङ्गो भन्ने मात्र कुरा हो । कमरेड नारायन सन्यालले जनताका पक्षमा लड्दालड्दै मृत्यु वरण गर्नुभयो, उहाँको मृत्यु सगरमाथाभन्दा गह्रुङ्गो छ । विश्वका क्रान्तिकारीहरूले उहाँलाई सदैव सम्झिरहनेछन्  र उहाँ लगायत समग्र सहिदहरूका नाममा हामी विश्वभरि मार्क्सवाद-लेनिनवाद-माओवाद तथा जनयुद्धको मशाल बालिरहनेछौँ ।”

कमरेड नारायन सन्यालको सम्झना हाम्रो छातीमा बाँचिरहोस् !
भारतीय कम्युनिस्ट पार्टी (मार्आवादी) जिन्दावाद !

भिडियो फिचरview all