menu

ताजा समाचार

‘आउटलुक’ को नक्सलवाडी आन्दोलन विशेषाङ्क

“भारतमा बसन्ते गर्जन” नामले चर्चित सन् १९६० को दशकमा भारतमा चलेको नक्सलबाडी किसान आन्दोलनले ५० वर्षको अवधि पूरा गरेको छ । नेपालको पूर्बी सिमाना मेची पारीको एउटा सानो गाउँ नक्सलवाडीमा कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलबाडी किसान आन्दोलनको उठान भएको थियो ।  यो किसान भारतीय किसान आन्दोलनमात्र थिएन, यो विश्व सर्वहारा वर्गीय आन्दोलनको एउटा अंश भएकाले भारतीय सन्दर्भमा मात्र नभई विश्वव्यापी रूपमा यसको महत्व रहेको छ भन्ने ठहरका साथ विश्वभरिका माओवादीहरूले यो वर्ष २० मेमा विशेष कार्यक्रमका साथ नक्सलबाडी  किसान आन्दोलनको ५० औँ वार्षिकोत्सव मनाउँने निर्णय गरेका छन् ।

मे २०मा नक्सलबाडी  किसान आन्दोलनको ५० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने  निर्णय गरे पनि २०१७ लाई विशेष वर्ष मानेर विश्वका माओवादी क्रान्तिकारीहरूले अक्टोबर क्रान्तिको शतवार्षिकी तथा नक्सलबाडी  किसान आन्दोलनको ५० औँ वार्षिकोत्सव मनाइरहेका छन् । यस क्रममा भारतलगायत युरोप तथा ल्याटिन अमेरिकामा सभा-गोष्ठीहरूको आयोजनाका साथै नक्सलबाडी  किसान आन्दोलनको महत्व दर्शाउने सामग्रीहरूको प्रकाशन गर्ने कार्यक्रमहरू पनि तय गरिएका छन् ।

नक्सलबाडी  किसान आन्दोलनको ऐतिहासिक  विशेष महत्व भएकाले माओवादीहरूले मात्र नभएर अन्य क्षेत्रले पनि यसलाई विशेष महत्त्व दिएको कुरा नक्सलबाडी  किसान आन्दोलनको ५० वर्ष पुगेको सन्दर्भमा भारतमा विभिन्न कार्यक्रमहरूको तयारी गर्नुबाट बोध गर्न सकिन्छ l  साथै  भारतीय बहुचर्चित पत्रिका आउटलुक ले 'नक्सलबाडीको ५० वर्ष' शीर्षकमा विशेषाङ्क प्रकाशित गर्नुबाट पनि भारतीय राजनीति भूमिकाबारे  थाहा पाउन सकिन्छ ।
 
मासिक न्युज म्यागाजिनका रूपमा अङ्गेजी  तथा हिन्दीमा लाखौं प्रति प्रकाशित हुने आउटलुकलाई बहुचर्चित प्रकाशनका रूपमा लिइन्छ । बौद्धिक, वैचारिक र आलोचनात्मक किसिमका रचना, टिप्प्णी र रिपोर्ताजहरू यसमा समाविष्ट हुने हुनाले ‘आउटलुक’ पाठकबीच निकै लोकप्रिय छ । विगतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कमरेड गणपतिको विशेष अन्तर्वार्ता प्रकाशित गरेर चर्चित भएको आउटलुक मा पत्रिकामाथि बेलाबेलामा सरकारी गिद्धेदृष्टि परेको समाचार पनि आइरहेका हुन्छन् ।
 
 सन १९९५ देखि प्रकाशित यो पत्रिकाका हालका सम्पादक राजेशरामचन्द्रन हुन् ।  ‘फिप्टी इअर्स अफ नक्सलबाडी' अर्थात्  नक्सलबाडी आन्दोलनको ५० वर्ष शीर्षकको अंग्रेजी विशेषाङ्कमा नक्सलबाडी आन्दोलनको इतिहास, त्यस समयमा महत्वपूर्ण पदमा रहेका र पछि जेलमा बन्दी बनाइएका कमरेडहरूको संस्मरण लगायत नक्सलबाडी आन्दोलनको निरन्तरतामा विकसित वर्तमान माओवादी आन्दोलनमा केन्द्रित रहेर लेखिएका रचनाहरू यसमा समाविष्ट छन्  । यसमा, यसका पक्षमा मात्र नभएर ‘काउन्टर इन्सर्जेन्सी’ शीर्षकमा  फरक मत पनि राखिएको छ । यसमा ‘एस्से’, ‘टाइमलाइन’, ‘पार्टिसिपेन्ट्स’, ‘कल्चर’, ‘ओपिनियन’ र ‘काउन्टर इन्सर्जेन्सी’ शीर्षकमा सामग्रीहरू राखिएका छन् ।

यो विशेषाङ्कमा  बरबर राव, उसिनोर मजुमदार जिया हक, प्रणय शर्माका रचनाहरू रहेका छन् र त्यस आन्दोलनमा सरिक नेता असिम चटर्जीको सस्मरण पनि यसमा राखिएको छ । बरबर रावको 'बेकनिंग ए रेड स्टार ओवर इंडिया' शीर्षक लेखमा नक्सलबाडी किसान आन्दोलनदेखि अहिलेको माओवादी आन्दोलनको इतिहासको अभिरेखाङ्कन गरिएको छ ।
 
सो पत्रिकाले आफनो ‘टाइमलाइन’ मा लेखेको छ : 

“ १९६७ देखि पश्चिम बङ्गालको नक्सलबाडी गाउँमा किसान आन्दोलन उठ्यो—त्यसपछि उनीहरू नक्सलवादीहरू भए —अहिले यो माओवादी आन्दोलन निरन्तर जारी छ । धेरैजसो भारतीयहरू नक्सलवादीहरू भनेका जङ्गलमा बस्ने विद्रोहीहरू भनेर बुझ्छन् । सरकारका दृष्टिमा उनीहरू राज्यका लागि सबैभन्दा ठूलो चुनौती हुन् । भारतका सबैभन्दा गरिब राज्यहरूमा फैलिएको 'रातो'  कोरिडोर माओवादीहरूको हातमा छ । यो लामो रक्तपातपूर्ण लडाइँ बनेको छ  ।”


भिडियो फिचरview all