menu

ताजा समाचार

नयाँ वर्षमा माओवादीहरूको विशेष कार्यक्रम

नेपाल सरकारकारले घोषणा गरेको स्थानीय निर्वाचनको रन्कोमा नेपालका माओवादीहरू अलमलिइरहेको अवस्थामा विश्वका माओवादीहरूले भने यस वर्षको मे महिनाका लागि केही विशेष कार्यक्रमहरू तय गरेका छन् । गत साल तय गरेका चारओटा विशेष कार्यक्रमहरूमध्ये चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको र यो वर्ष दुइटा विशेष कार्यक्रमहरू नक्सलबाडी किसान आनदोलनको ५० औँ वार्षिकोत्सव र अक्टोबर क्रान्तिको शताब्दीदिवस रहेका छन् ।

अहिले विश्वका माओवादीहरू मे महिनामा हुने दुईटा विशेष कार्यक्रममा जुटेका छन्, एउटा सन् २०११ देखि संयुक्त रूपमा मनाउँदै आएको मे दिवसको कार्यक्रम र  अर्को नक्सलबाडी किसान आन्दोलनको ५०औँ विशेष कार्यक्रम । सदाझैँ इटाली लगायतका माओवादी पार्टीहरू मे दिवसका लागि संयुक्त घोषणापत्र तयार पार्नमा लागेका छन् र विभिन्न पार्टीहरूसित यसको प्रस्तावित  मस्यौदाका लागि आह्वान पनि गरेका छन् । गत साल विश्वका ३१ ओटा माओवादी पार्टी, सङ्गठन तथा साम्राज्यवाद विरोधी मोर्चाहरूले हस्ताक्षर गरेकोमा यो वर्ष यो सङ्ख्या बढ्ने आकलन गरिएको छ ।
 
त्यसैगरी भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय संस्था आइसियसपिडब्लुआइले पनि नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउने तयारीका सन्दर्भमा यसले साझा घोषणापत्र तयार पारिरहेको छ र यसको मस्यौदा घोषणापत्र समर्थन र  सहमतिका लागि विभिन्न माओवादी पार्टी तथा सङ्गठनहरूलाई पठाएको छ । यो सङ्गठनले यो कार्यक्रम मे २० मा तय गरेको  छ ।

मे दिवस तथा नक्सलबाडी किसान आन्दोलनको ऐतिहासिक जनविद्रोहसित सम्बद्ध साझा कार्यक्रममा नेपालका तर्फबाट पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले सहभागिता जनाउने जानकारी जनमेललाई प्राप्त भएको छ ।
 


भिडियो फिचरview all