menu

ताजा समाचार

युरोपेली माओवादीहरूको संयुक्त वक्तव्य

ल्याटिन अमेरिकी देशहरूका माओवादीहरूको पाँचौँ बैठक बसेर विश्वको समग्र स्थितिको विश्लेषण गर्दै मालेमा र आआफ्नो देशको विशिष्टतामा जनयुद्धको राजनीतिप्रति प्रतिबद्धता जनाउँदै गोन्जालोको रिहाइको विश्वव्यापी अभियान चलाउने निर्णय गरेको केही दिनपछि भर्खरै युरोेपेली माओवादीहरूसित सम्बद्ध केही पार्टी तथा सङ्गठनहरूको पहिलो बैठकले ल्याटिन अमेरिकी माओवादी पार्टीहरूले अघि सारेको अवधारणाप्रति ऐक्यबद्धता जनाउँदै जेलमा रहेका माओवादी नेताहरूको रिहाइको अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ ।

 जर्मनीमा भएको सो बैठकमा फ्रान्स, जर्मनी, गालिसिया र अस्ट्रियाका माओवादी पार्टीहरू रहेका छन् ।  युरोपभरिका सबै माओवादी पार्टी तथा सङ्गठनहरूलाई आमान्त्रण गरिए पनि कतिपयले शुभकामना सन्देश पठाएका र कतिपय प्राविधिक कारण उपस्थित नभएको भनेर वक्तव्यमा भनिएको छ  ।

पहिलो बैठकपछि अप्रिल ४ मा जारी वक्तव्यमा भनिएको छ ।

अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनको एउटा हिस्साका रूपमा हामी, मार्क्सवादी-लेनिनवादी-माओवादी युरोपेली पार्टी र संगठनहरूबीच आपसी  सम्बन्ध र समन्वय र सहयोग बलियो बनाउन र यस महाद्वीप कम्युनिस्टहरूलाई एकता गरेर संघर्ष गर्न उत्साह प्रदान गर्ने  हाम्रो उद्देश्यलाई मूर्त रुप दिन हाम्रो पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको छ हामीले यसलाई संसोधनवादका  विरुद्धमा र मार्क्सवाद-लेनिनवाद-मओवाद प्रधानत: माओवादका पक्षमा वैचारिक संघर्ष चलाउँदै सर्वाहाराको संसार निर्माण गर्ने अभ्यासका  रूपमा लिएका छौं

हामी फिलिपिन्स, भारत, पेरू र टर्कीप तथा क्रान्तिकारी आन्दोलन अघि बढाइरहेका विश्वका अन्य माओवादी पार्टीहरूप्रति पनि न्यानो अभिवादन प्रकट गर्दछौँ ।  हामी विश्वका विभिन्न जेलमा रहेका कमरेडहरूको जीवनरक्षाको पक्षमा दृढताका साथ उभिन्छौँ । हामी तेस्रो विश्वमा सबैभन्दा पहिले माओवादलाई स्थापित गर्ने र जनयुद्ध चलाउने अध्यक्ष गोन्जालोको सन्दर्भलाई विशेष रूपमा उठाउन चाहन्छौँ । साथै भारतीय जेलमा रहेका कमरेडहरू अजिथ, कमरेड कोबाध गान्धी र साइबाबाको जीवन रक्षाका लागि आवाज उठाउन पनि आह्वान गर्दछौँ ।

वक्तव्यमा  जर्मनीमा जुलाईमा हुनलागेको जि २० को बैठकको विरोध गर्न तथा अक्टोबर क्रान्तिको शतवार्षिकी  भव्यताका साथ मनाउन  मनाउन पनि आह्वान गरिएको छ ।

वक्तव्यको अन्त्यमा ‘माओवादको भलन्डामुनि गोलबद्ध होऔँ’,   ‘साम्राज्यवाद, प्रतिक्रियावाद र संशोधनवादमाथि निमर्म प्रहार गरौं  साम्यवादको अन्तिम लक्षसम्म जनयुद्ध जारी राखौँ’, भनिएको छ ।

यसरी संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने पार्टीहरूमा निम्नलिखित पार्टीहरू रहेका छन् ।
 
कमिटी फ र दि कन्सट्रक्सन अफ कम्युनिस्ट पार्टी (माओइस्ट), गालसिया
कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट  पार्टी, अस्ट्रिया
कमिटी रेड फ्लाग (एफआरजी)
माओइस्ट कम्युनिस्ट पार्टी —फ्रान्स



भिडियो फिचरview all